नेकपा एमालेका तत्कालिन महासचिव स्व.मदन भण्डारी र सङ्गठक जीवराज आश्रितको शालिक अनावरण गरिएको छ ।
सूर्यविनायक नगरपालिका–४ दक्षिण बाराहीमा रहेको मदन–आश्रित हरित पार्कमा निर्माण भएको शालिकको आज सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य तथा मदन भण्डारी फाउण्डेसन भक्तपुर जिल्ला अध्यक्ष शशीजङ्ग थापाले संयुक्तरुपमा अनावरण गर्नु भएको हो ।






