।। दमक।। भदौ २७।।
नेपाल बिद्यार्थी संघ झापा जिल्ला सभापति भई सक्नु भएका साथै बिभिन्न संघ संस्थामा आवद्द भई काम गर्नु भएका एकदमै कुशल, अनुशासन र निष्ठावान कार्यकर्ताका रुपमा सामाजिक छबि बनाउन सफल हुनु भएका प्रखर बक्ता, सरल, बौद्धिक क्षमताका धनि परशुराम रिजालले आउदै गरेको १४ औ महाधिवेशनमा दमक नगर सभापति पदमा आफ्नो उम्मेदवारी गर्दै नेपाली काङ्ग्रेसलाई विधि बिधान र प्रकृयामा आधारित भई काम गर्ने र स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस लाई बिजय गराउने प्रतिबध्ता जाहेर गरेका छन्।
उनको प्यानल तर्फ एकदमै क्रियाशील र समाजसेवी व्यक्तिहरु रहेको जिकिर गरे। उनको प्यानल तर्फ: सभापतिमा परशुराम रिजाल, उप-सभापतिमा प्रेम भट्टराई, सचिवमा रामचन्द्र अधिकारी(RC), सह- सचिवमा विजय कुमार राइ र रमुना चापागाईं रहेका छन्।

भारि भन्दा भारि मत दिएर जिताउनको लागि समेत रिजालले अनुरोध गरेका छन्।






