jQuery(document).ready(function($){ //
});

दमक अस्पतालले सञ्चालनमा ल्याएको कोभिड उपचार केन्द्रमा भेन्टिलेटर सेवा पनि शुरु गरिएको छ । दमक उद्योग बाणिज्य संघ सहित दमकका क्लवहरुको पहलमा लायन्स क्लव अफ ईन्टरनेशनल मार्फत प्राप्त भेन्टिलेटर जडान गरेर सेवा शुरु भएको बताईएको छ ।

अस्पतालकी फोकल पर्सन देबी दंगालका अनुसार भेन्टिलेटरको प्रयोग शुरु भएको हो । भेन्टिलेटर उपलब्ध भएपनि बिभिन्न प्राविधिक समस्याका कारण केहि समय प्रयोगमा आउन नसकेकोमा अब भने प्रयोगमा आएपछि गम्भिर प्रकृतीका विरामीहरुलाई सहज हुने पनि जनाईएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

दमक उद्योग बाणिज्य संघको महामारी नियण्त्रण अभियानको संयोजनमा लायन्स क्लव ईन्टरनेशन फाउण्डेशन (LCIF)  मार्फत यहाँ भेन्टिलेटर आएको थियो । १ महिना अगाडि यो दमक नगरपालिकामार्फत दमक अस्पतालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय