jQuery(document).ready(function($){ //
});

।।भोजराज घिमिरे ।।मोरङ्ग।।

प्रदेश १ मा ५ जना नयाँ मन्त्री थप गरेका छन् । नेकपा एमालेको विभाजनसँगै अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसदबाट विश्वासको मत नलिई मन्त्रिपरिषद विस्तार गरेका छन।
मुख्यमन्त्री आचार्यले दुई मन्त्री र तीन राज्यमन्त्री थप गरेका छन । थपिएका मन्त्रीहरुले सपथग्रहण समेत गरेका छन् ।
अहिले मन्त्रीहरुमा संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाइएको छ ।पहिला को सामाजिक विकास मन्त्रीको रुपमा ताप्लेजुङका बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नियुक्ति भएका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नयाँ मन्त्रीमण्डल विस्तार गरेसँगै प्रदेश १ को मन्त्रीपरिषद ८ सदस्यीय भएको छ । मुख्यमन्त्री पछाडि मन्त्रीहरुको पहिलो बरियतामा न्यौपाने, दोस्रोमा थापा, तेस्रोमा तिवारी, चौथोमा साम्सोहाङ राखिएको छ । यस्तै बस्नेत पाँचौं, राजवंशी छैठौं र अधिकारी सातौं नम्बरको बरियतामा नियुक्त भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय