।।किशोर निरौला ।।
मधुमल्ला।। मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रबार सम्पन्न नेपाल कम्युनिष्ट पाटी ( माओबादी केन्द्र) मिक्लाजुङ गाउँ कमीटी भेलाले उमेश राईको अध्यक्षतामा ७६ सदस्यीय गाउँ सम्मेलन आयोजक कमीटी सर्बसम्मत रुपमा चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको रेषम खेतीको चर्चमा भएको भेलाले उमेश राई अध्यक्ष , प्रदिप पौडेल सचिब सहित ७६ सदस्यीय सम्मेलन कमीटी सर्व सम्बत चयन गरेको हो ।
सोही भेलाले सहिद परिवार १०, पुर्व जनमुक्ती सेना २०, जेल जिवन बिताउने १० , बेपत्ता परिवार ५ जनयुद्धमा विशिष्ठ योगदान पु¥याउने २० जनालाई सम्मान गरेको थियो ।
गाउँ सम्मेलन कमीटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्र प्रदेश कमीटी सदस्य तथा जिल्ला समन्वय इन्चार्ज गणेश उप्रेती (शुशिल)ले नेकपा माओबादी केन्द्र संग मात्रै यो देशलाई आगडी बढाउन सक्ने क्षमता रहेको र त्यसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरीरहेको बताए । कार्यक्रमका अर्का बक्ता जिल्ला समन्वय सह इन्चार्ज तथा मोरङ क्षेत्र नं. १का प्रदेश सभा सदस्य कुल प्रसाद साम्बाले कमी कमजोरीहरुलाई मनन् गर्दै अब जनताको मनको पाटी नेकपा माओबादी केन्द्र बन्ने दाबी गरे ।
कार्यक्रमका प्रमखु अतिथी संविधान सभा सदस्य तथा नेकपा माओबादी केन्द्रको केन्दीय सदस्य सावित्री कुमार काफ्ले (समर)ले नेपालमा कम्युनिष्ट पार्टीहरुको एकता गर्ने भन्दै केपी शर्मा ओलीले नेपाली जनतालाई धोका दिएकाले त्यसको नतिजा अब जनताले गर्ने बताए । नेपाल हाल सम्म नेकपा माओबादीले ल्याएका ऐजेण्डाकै आधारमा चलीरहेको र अब पनी नेकपा माओबादी केन्द्र कै एजेण्डामा अघि बड्ने दावि गरे ।
राजनीतीमा असम्भव भन्ने कुरा केही नहुने बताउँदै काफ्लले नेकपा एमाले र नेपाली कांग्रेस संग कुनै एजेण्डा नभएकाले नेकपा माओबादी केन्द्र मात्रै आफ्नो ऐजेण्डा भएको पार्टी भएको बताए । अबको चुनाबमा आफ्ना राम्रा एजेण्डा सहित माओबादी केन्द्र पहिलो पाटी बनेर आउने कुुरामा आफु विस्वस्त रहेको काफ्लेले दाबी गरे । कार्यक्रममा करिब ५० जना बढी नेकपा एमाले र नेपाली कांग्रेस पार्टी परित्याग नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका थिइए । कार्यक्रम नेकपा माओबादी केन्द्र मिक्लाजुङका अध्यक्ष दिनेश पौडेलको अध्यक्ष्मतामा सम्पन्न भएको थियो ।






