jQuery(document).ready(function($){ //
});

कमेडी च्याम्पियन-२ को उपाधि भरतमणि पौडेलले जितेका छन्। कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन्। 

पेन्टोमाइम गरेर चर्चामा आएका भारत सिक्किमका बिक्की अग्रवाल पहिलो उपविजेता बने भने गोर्खाका सन्तोष थापा दोस्रो उपविजेता बनेका छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

ताप्लेजुङका पौडेल पछिल्लो समय पूर्व युवराज पारस शाहको अभिनय गरेर झन् चर्चित बनेका थिए। रियालिटी शो सुरु भएदेखि नै चर्चा कमाइरहेका पौडेलको चर्चा पारस शाहको हाउभाउसहितका अभिनयले अझ चुलिएको थियो।

भरतमणिले उपाधिसँगै २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्। त्यसैगरी पहिलो उपविजेता अग्रबालले टिभिएस अपाचे बाइक पाएका छन् भने सन्तोषले टिभिएस स्कुटी पुरस्कार प्राप्त गरेका छन्।

भरतमणिले गरेको पूर्व युवराज पारस शाहको क्यारिकेचरलाई दर्शकले अत्यधिक रूचाएका थिए। सेमिफाइनलको उक्त प्रस्तुतिपछि उनी भोटिङ बिना नै फाइनलमा पुगेका थिए। पूर्वमन्त्री योगेश भट्टराईसमेतले उनलाई भोट माग्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय