jQuery(document).ready(function($){ //
});

आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै छ । नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेसँगै आजदेखि पर्सिसम्म तीन दिन संविधान दिवस मनाउन लागिएको हो ।

२०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा सातौँ संविधान दिवस मूल समारोह आयोजक समिति गठन भएको थियो । आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय गरिएको छ ।

संविधान दिवस मनाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं संविधान दिवस प्रचारप्रसार समितिका संयोजक डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा गएको बुधवार बसेको बैठकले नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष संवाद, परिसंवादलगायतका जनचेतनामूूलक कार्यक्रमको प्रकाशन र प्रसारण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आआफ्ना घरमा सम्मानका साथ राख्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय