धनुषामा आमा छोराको शव भेटिएको छ । जिल्लाको धनुषाधाम नगरपालिका २ मा पोखरीमा डुबेको अवस्थामा आमा २८ वर्षीया अर्चना सिंह र उनका छोरा ४ वर्षका कुशकुमार सिंहको शव भेटिएको प्रहरीले जनाएको छ।
स्थानीयले पोखरीमा शव तैरिरहेको देखेपछि इलाका प्रहरी कार्यालय धनुषाधामलाई खबर गरेको थियो।
पारिवारिक विवादका कारण अर्चनाले छोरालाई लिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन्। पारिवारिक विवादबारे अहिलेसम्म केही बुझ्न नसकिएको घटनास्थलमा खटिएका प्रहरीको भनाइ छ।






