।।किशोर निरौला ।।मोरङ्ग।।
मधुमल्ला।। मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ को नेपाली कांग्रेसको बुधबार सम्पन्न १४ औं महाधिवेशनमा वडा नं. ९ को वडा सभापतिमा गजीन्द्र पोख्रेल निर्वाचित भएकाछन । वडा सभापती पदका लागि बुधबार भएको निर्वाचनमा पोख्रेलले ६१ मत प्राप्त गर्दै बिजयी भएका हुन । यस्तै उप सभापति, सचिव र स–सचिवमा क्रमश विजय शाहा, मोहन शाहा रौनियार, जिवन प्रसाद दाहाल, नवराज श्रेष्ठ र इमनाथ पौडेल सर्बसहमत चयन भएका छन ।
यस्तै सोही भेलाले १८ जना क्षेत्रीय प्रतिनिधी चयन गरेको छ । वडा नं. ९ बाट क्षेत्रीय प्रतिनिधी निर्वाचन मार्फत दीपक श्रेष्ठ, गोपाल बस्नेत, सेमन्तराज दाहाल, राजिब पौडेल, अरुण बिक्रम बस्नेत, तिलबिक्रम बोहोरा चयन भए । यस्तै खस आर्य बाट निर्वाचन मार्फत चुडामणी निरौला निर्वाचीत भए । यस्तै सर्बसहमत रुपमा गिता देवी ढुङ्गाना , सिता देवी मगर, इन्दीरा बिष्ट, टिना गुरुङ, मिरा देवी राई, जोनसन श्रेष्ठ, बाल कृष्ण श्रेष्ठ, जयगोपाल साहा, देवनाथ चौधरी र राधा देवी बोहोरा सर्बसहमत चयन भएकाछन ।






