।। असोज १६ ।।
जरोकिलो महाअभियानको विशिष्टिकृत संस्था युगनिर्माण महिला समाज नेपाल १ नं प्रदेश समितिको आयोजनामा झापा निर्वाचन क्षेत्र न ३ भद्रपुर न पा वडा न ४ स्थित ठन्ड बस्तीमा तीन दिने सहृदयता अर्गानिक कपुरधूप तालिमको एक कार्यक्रम बीच उद्घाटन भएको छ।
प्रदेश नं १ कि संस्थाकी अध्यक्ष चन्द्रकला भट्टराई दाहालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा जरोकिलो महाअभियानका अभियानकर्ता प्रदेश नं १ अध्यक्ष इन्द्रप्रसाद ओलीले पानसमा दीप प्रज्ज्वलन गरी तालिमको शुभारम्भ गर्नुभएको थियो।

उक्त तालिम उद्घाटन सत्रमा संस्थाकी प्रदेश नं १ कि उपाध्यक्ष हिरा वास्तोला , युगनिर्माण महिला बचत समूह बिर्तामोड ( क) कि अध्यक्ष विद्या गौतम खरेल, सचिव निर्मला पोखरेल , सदस्य अञ्जना आचार्य रिजाल, झापा चौक युवा परिवारका अध्यक्ष विष्णु ( पारश ) श्रेष्ठ भद्रपुर ४ का समाजसेवी प्रदिप राईको आतिथ्यता रहेको थियो ।

उद्घाटन सत्रमा शुभकामना मनतव्य प्रदिप राई ,विष्णु ( पारश ) श्रेष्ठ , विद्या खरेल , इन्द्रप्रसाद ओलीले राख्नुभएकाे थियो । तीन दिने तालिममा ३० जनाको सहभागिता रहेको छ । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हिरा बास्तोलाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन युगनिर्माण महिला समाज नेपाल १ नं प्रदेश सचिव एवम प्रमुख प्रशिक्षक खेमकुमारी ( बिनिता ) ओलीले गर्नुभएकाे थियो।






