jQuery(document).ready(function($){ //
});

नेपाली काङ्ग्रेसको भर्खरै सम्पन्न १४ औ महाधिवेशनबाट नगर सभापति भएका हुन प्रकाश प्रसाईं।उनी पूर्व नगर सचिव साथै उद्योग वाणिज्य संघमा लामो समयसम्म नेतृत्व समेत गरिसकेका युवा नेता हुन।

उनले भर्खरै नेपाली काङ्ग्रेसको प्रत्येक वडामा भइरहेको पद हस्तान्तरण कार्यक्रममा अक्षय कोष स्थापना गर्नको लागि व्यक्तिगत रु.११००० दिने र अहिलेसम्म ३ वटा वडालाई सो रकम पद हस्तान्तरण कार्यक्रमको अवसरमा प्रदान भइसकेको साथै बाँकी ७ वटा वडालाई पनि छिट्टै उपलब्ध गराउने प्रतिबद्धता गरेका छन।

RAWA Hills Town Property

RAWA Hills Town Property

उनले अब नेपाली काङ्ग्रेसको सदस्यहरुको मरिमाराउमा समवेदना पत्र होइन अलि फरक तरिकाले सधै स्मरण हुने गरि गमलामा फुल,बिरुवा अथवा आगनमा रुखको बिरुवा लगेर रोप्ने प्रविधि बनाउन सम्पुर्ण वडा पदाधिकारीहरुलाई अनुरोध गरेका छन।

उनले थप्दै भने यसले जिवन्त सम्म स्मरण र सम्झना ल्याउने साथै समवेदना पत्र कुनै कुनामा वा झोलामा रहला तर एउटा बिरुवाले सधै सित्तल छहारी र नेपाली काङ्ग्रेसलाई जीवित राख्ने बताए।

अब काङ्ग्रेस दमकले कोहि बिरामी हुँदा फलफुल र जुस होइन।अब शिघ्र स्वास्थ लाभको शुभकामना पत्र दिनुपर्छ।फलफुल र जुस बिरामीले खान नसक्लान तर त्यो कामनाले बिरामीमा हौसला प्रदान भइ सकारात्मक उर्जा संचालन हुने अनि जो विपन्न र असाय छ उसको लागि केही आर्थिक संकलन गरेर भेट्न गयो भने आर्थिक समस्याले उपचारका हुन नपाएकाहरुलाई पनि केही राहत हुने बताए।

सबै युवाहरुलाई समेटेर र अग्रजलाई सम्मान गर्दै अघि बढ्ने हामी सबै नेपाली काङ्ग्रेस हौं भन्ने भावनाले अघि बढ्नु पर्ने बर्तमन सभापति प्रकाश प्रसाइले बताए।

विगतमा भएका कमि कमजोरीलाई स्विकार्दै अब दमक नगरलाई दरिलो,सक्षम र विकसित बनाउने लक्ष्य रहेको कुरा प्रसाईले बताए।

“सुखमा मात्र होइन दुखमा पनि नेपाली काङ्ग्रेस छ भन्ने भावना सम्प्रेषण गरौं”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय