नेपाली कांग्रेसको जारी चौधौ महाधिबेशनको लहर चलिरहेको छ। विभिन्न पदाधिकारीहरुले आफ्नो उम्मेद्बारी अघि सारिरहेको बेलामा नेपाली कांग्रेस युवा नेता मेदनी प्रसाद सिटौलाले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट केन्द्रीय महाधिबेशन प्रतिनिधिमा आफनो उम्मेद्बारी रहने जनाएका छन् ।
आफ्नु उम्मेद्बारी किन भन्दै उनले निम्न कुराहरु प्रष्टाएका छन्।
- काङ्ग्रेसलाई विधि पद्धति सम्मत ढङ्गले चलाउन दबाव सिर्जना गर्न।
- सबैभन्दा माथी देश,अनि जनता त्यो भन्दा मुनि पार्टी ,त्यो भन्दा पनि मुनि समूह अनि मात्र आफू भन्ने मुलमन्त्रलाई स्थापित गर्न।
- भ्रष्टाचारी र भ्रस्टाचारको समुल अन्तका लागि महाअभियान चलाउन।
- एक्काइसौं शताब्दीको चुनौती र युग सुहाउँदो पार्टी बनाउन।
- रास्ट्रीयता देश हितका पक्षमा दृढ संकल्पीत भएर उभिन
- समाजबादको युग सुहाउँदो ब्याख्या र प्रयोग गर्ने वातावरण सृजना गर्न
- पार्टीका अवसरहरुलाई न्यायपुर्ण बितरणको थिती बसाउन
- .कम्युनिस्ट मुक्त नेपालको अभियान संचालन गर्न
- .राजनीति भित्रको भ्रष्ट्रीकरणको अन्त्य गर्दै शुद्धीकरणको अभियान संचालन गर्न
- दमक काङ्ग्रेसमा मौलाएको फोहोरी राजनीति र खेलहरुको अन्त्यको लागी दृढता पुर्वक उभिन।

हालसम्म अबिवाहित रहि लोकतन्त्र ,पार्टी देश र जनता भनी एउटा जिवन्त पार्टी बनाउन सामुहिक संकल्पको खाचो औल्याउने सिटौला हामीले चुनौतीका पहाड छिचोल्न अरुहरु भन्दा केहि न केही फरक हुनै पर्छ गर्नै पर्छ भन्ने मान्यताको वकालत गर्छ्न।






