jQuery(document).ready(function($){ //
});

काठमाडौँ/अर्जुन शाह/असोज २१
कन्सोर्टियम नेपालका केन्द्रीय कार्यालय शंखमुलममा
कोभिड हिरो भएका अर्जुन शाह र गंगा गौतमलाई
कन्सोर्टियम नेपालका कार्यक्रम व्यवस्थापक गौरव केसीले अवार्डका साथ नगद पुरस्कार ३५०० सहित हस्तानतरण गरेका छन्।
१६ वर्षिय अर्जुन शाह ‘कोभिड हिरोज्’ बाट सम्मानित भएका छन् । कोरोना महामारीमा कोभिड नियन्त्रण तथा व्यवस्थापनमा बालबालिकाहरुको तर्फबाट महत्त्वपूर्ण योगदान गरेको भन्दै कन्सोर्टियम नेपालले कोभिड हिरोजबाट सम्मानित भएका छन्।
शाहले कोरोना महामारीमा नागरिक र बालबालिकाहरूलाई कोभिड संक्रमणबाट बच्न र रोकथाम नियन्त्रण गर्न रक्तदान कार्यक्रम, कोभिड विरुद्धको खोप कार्यक्रममा स्वयम सेवक बने, कोभिडमा न्युज रिपोर्टिङ र धार्मिक कार्यक्रममा मास्क तथा हात धुने स्टल कार्यक्रम ,rसञ्चालन गरेका थिए । उनले बालअधिकार सुनिश्चितताका लागि खोप कार्यक्रममा स्वयम सेविकालाई लेख्ने र भौतिक रूपले सहकार्य गरेका थिए।
बालबालिका सम्बन्धि दश वर्षे राष्ट्रिय रणनीतिक कार्य योजना तथा नीति निर्माण का राष्ट्रिय भेलामा सहभागी भई प्रधान मन्त्री निवास बालुवाटारमा महीला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रलायका निवर्तमान मन्त्री जुली महतो लाई हस्तान्तरण गरका थिए र प्रदेश सरकार का महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रदेश वालवालिका सम्बन्धी कार्यविधि २०७८ प्रारम्भीक मस्यौदा माथि छलफल कार्यक्रममा प्रदेश कै प्रतिनिधित्व गर्दै बाल बालीका काे सवालमा कुरा हरु रहेका थिए।
ऊ काठमाडौँका विश्व निकेतन उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छन् साथै जिल्ला बाल क्लव समन्वय सञ्जाल पर्सा का अध्यक्ष, गाउँ बाल सञ्जालका सखुवा प्रसौनीका अध्यक्ष हुन्।

बिजेता किशोर अर्जुन शाहले यस्ता सम्मानले अझै जिम्मेवार पूर्वक सचेतना र समाजका लागि केही थप योगदान सञ्चालन गर्नको लागि हौसला मिलेको बताएका छन् । कोरोना महामारीको बेलामा धेरै हिंसा, जोखिम र अन्य समस्याहरुले बालबालिकाहरु र विशेष गरी किशोरीहरुलाई समस्या पर्ने देखिएकोले सोही अनुसार राष्ट्रिय बाल अधिकार परिषद का स्वयम सेवक समुहका पर्सा जिल्लाको प्रतिनिधी रहेर समस्या समाधान गर्न सहयोग गर्दै आएका छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

वर्ल्ड भिजन इन्टरनेशनल को सहयोगमा र कन्सोर्टियम नेपाल आयोजनामा राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा बालबालिकाले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा योगदान पुर्‍याएको योगदानको कदर गर्दै देशभरका ८ जना बालबालिकालाई कोभिड हिरोज् बाट सम्मानित गरेको छ । अर्जुन शाह प्रदेश नं २ बाट सम्मानित हुने किशोर हुन् ।
आठ कोभिड हिरोज मध्य विजय राज जोशी सहित आज तीन जना हस्तान्तरण गरिएको छ।
बाकी रहेका विजेताहरुलाई पनि छिट्टै सम्मान गर्ने योजना रहेको कन्सोर्टियम नेपालका लेखा अधिकृत पधमावती प्रधानले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय