केही समयबाट धेरै खुशी छन् आर्यन र उसको परिवार किनकी सानै देखि पढाईमा निकै जेहेन्दार आर्यनको हिजोआज शिक्षाको सम्पूर्ण खर्च र पालनपोषणको पनि अधिकान्श खर्च नेपाल विद्यार्थी संघका नेता ,कोटेश्वर बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति साथै नेपालि काङ्ग्रेसको १४ महाधिवेशनमा झापा क्षेत्र नम्बर ५ बाट संघीय महाधिवेशन प्रतिनिधिका खुल्ला तर्फका उमेदवार महेन्द्र भट्टराईले बेहोरेका छन् । उनले आर्यनको सम्पुर्ण शैक्षिक यात्रामा अभिभावकत्त्व ग्रहण गरेर पुरै लगानी आफुले उठाउने छन्। आज हामी बिशेश कामले सरङ्पाडा पुग्दा उनी आर्यनलाइ दशैको कपडा किनिदिन आएका रहेछन् । उनी सग हामिले कुरा गर्दा पछिल्लो ६ महिनामा उनको आर्यन सगको लगाव झनै बढेको छ , साथै उनको आर्यनको भविस्यको चिन्ता भने थपिएको छ । महेन्द्र आर्यन सम्म सन्थाल समुदायकै हाल इलाममा शिक्षण पेशामा लागेका महेस मुर्मु मार्फत पुगेका थिए ।

महेन्द्र हिजो मात्र राजनीतिमा उदाएको नक्षत्र हैन । उनको यात्रा गणतन्त्रको आन्दोलन बाट सुरु भएको थियो जसमा उनले भिजलान्तेहरुको तरबारको प्रहार पनि खाएका थिए ।करिब १७ बर्षको हुदा नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रीय हुन थालेका उनले गिरिजा बाबुको आशिर्वाद पनि पाएका थिए । गिरिजा बाबु सङ्ग भएको भेटबाट थपिएको उर्जा पछि उनले आफ्नो राजनैतिक तथा सामाजिक अभियान नेपाल भरि पुर्याउन सफल भएका छन् । उनी कहिले भुकम्प पिडितलाई राहत बाड्न हिडे , कहिले जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिलाउन विभिन्न क्याम्पसहरु धाए । राजनीति प्रती लगाव र दक्षिण अफ्रिकी राजनीतिका केन्द्र बिन्दु नेल्सन मन्डेलालाइ आदर्श मान्ने उनले आज सम्म वैवाहिक जीवन पनि बिताएका छैनन । जनताकै काममा समर्पित छन्उनी । भारतले नेपाललाई उपनिवेश गर्न लागेको उनको धारणा छ । विभिन्न समयमा उनले भारतको यो उदेश्य विरुद्ध लडेका छन र यहि क्रममा दशगजा सम्म पुगेर भारतिय सिमा रक्षक सामु नाराबाजि पनि गरेका छन्।

आर्यन त उनले हिजो गरेका अभियानको सानो प्रतिबिम्बि मात्र हो । भोलि राष्ट्रिय राजनीतिमा सहभागी भएर आर्यन जस्ता हजारौ अल्पसंख्यक तथा सीमान्तकृत समुदायका बालबालिकाको भविष्य सुनिस्चित गर्ने साथै पुरै नेपाली समाजलाई रुपान्तरण र बिकाशको बाटोमा डोर्याउने उनको उदेश्य छ ।






