jQuery(document).ready(function($){ //
});

जरोकिलो महाअभियानको विशिष्टीकृत संस्था युगनिर्माण महिला समाज नेपाल १ नं प्रदेश समितिको आयोजनामा झापा निर्वाचन क्षेत्र नं ३ कचनकवल गाउँपालिका वडा नं ३ डाकुपाडामा मिति २०७८ साल कार्तिक ६ गतेबाट तीन दिने सहृदयता अर्गानिक कपुरधूप सीप तालिमको एक कार्यक्रमका विच मौलिक जरोकिलो पार्टी प्रदेश १ अध्यक्ष आदरणीय इन्द्र प्रसाद ओलीज्यूले शुभारम्भ गर्नु भएको छ।

स्थानीय शीतला माता मन्दिरकी प्रमुख आदरणीय मैया माताज्यूको अध्यक्षतामा सञ्चालित कार्यक्रममा मौलिक जरोकिलो पार्टी प्रदेश नं १ अध्यक्ष इन्द्र प्रसाद ओलीको प्रमुख आतिथ्यतामा रहेको थियो भने शुभारम्भ समारोहको उद्घोषण संस्थाकी सचिव एवम् प्रमुख प्रशिक्षक खेमकुमारी ओलीले गर्नुभएको थियो । उक्त तालिममा ३५ जना स्थानीय महिला दिदी बहिनीहरूको सहभागिता रहेको छ ।
अर्गानिक कपुरधूप सीप तालिममा उपस्थित सम्पूर्ण सहृदयीजनहरूलाई संस्थाको तर्फबाट हार्दिक शुभकामनासहित सफलताको कामना गर्दछौं ।

RAWA Hills Town Property

RAWA Hills Town Property

स्मरण रहोस्, युगद्रष्टा गुरुदेव डा• निर्मलमणि अधिकारीज्यूको सङ्कल्प बमोजिम नेपाली महिलाहरूलाई अनुसन्धान, उद्यमशीलता, रोजगारी एवम् व्यक्तित्व विकासको माध्यमबाट राष्ट्रको हरेक आयाममा अग्रणी बनाउने उद्देश्यले जरोकिलो महाअभियानको विशिष्टीकृत संस्थाको रूपमा युगनिर्माण महिला समाज नेपालको स्थापना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय