बुधबार बिहान करिब ४ बजे झापाको कमल गाउपालिका ५ स्थित लभडाँडामा ५(६ जनको समुहले स्थानिय फडिन्द्र खरेललाई धारिलो हतियार प्रयोग गरी घाईते बनाएको छ ।

बिहानको समयमा आफ्नो नियमित ब्यायामको लागी मर्निङवाक जाने क्रममा ज्यान मार्ने नियतका साथ उनलाई कुरेर बसेका ति समुहले धारिलो हतियार सहित आक्रमण गरेका थिए ।

बिहानको समय प्राय सुनसान रहने उक्त स्थानमा व्यक्तिगत रिसिबी साध्न सो आक्रमण भएको सोही ठाउँका स्थानिय तथा प्रत्तक्षदर्शिले बताएका छन ।
पारिवारिक स्रोतका अनुसार पिडित फडिन्द्रकै छिमेकिले सो घटना घटाएको जनाएको छ ।
तर सो कुरा हालसम्म पुष्टी भने भैसकेको छैन। घाइते खरेलको अहिले बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार भै रहेको छ






