नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा पार्टी विधान अनुसार पार्टीको केन्द्रिय महाधिवेशनमा भाग लिन चुनिनु पर्ने नेताहरुको बिषयमा विभिन्न कोणबाट अनुमान र विश्लेषणहरु बाहिर आइरहेका छन् ।
यस्तै पात्र मध्येका एक जना युवा नेता हुन झापाका हुकुमसिंह राई । उनी झापा क्षेत्र नं ५ बाट चुनिनु पर्ने खुल्ला तर्फका १० संघीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन् । कम्युनिष्टहरुले लालकिल्ला दाबी गरेको एमाले अध्यक्ष केपी ओलीको पकड भएको मानिने झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गतको कमल गाउँपालिकाको अध्यक्षमा एमालेकी प्रतिस्पर्धी मेनुका काफलेसंग बराबर मतको जनादेश प्राप्त गर्न सफल राई जन्मसिद्ध कांग्रेस पार्टीका निष्ठावान र सशक्त कार्यकर्ता हुन् ।
एक ताका नेपाली कांग्रेसको महाधिवेशनमा सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएर पार्टीको केन्द्र सम्म चर्चामा आएका राई पालिकाको निर्वाचनमा बराबर मतको जनादेशपछि देशभरमै चर्चाका पात्र बने । निर्वाचनपछिका चार बर्ष आफू कांग्रेसको पार्टी संगठन निर्माणका अतिरिक्त सामाजिक सेवाका कामहरुमा पनि आफूलाई सक्रिय बनाइराखेका राई विभिन्न प्राकृतिक विपत्तीमा गरीब, दुखि र असहायहरुको सहारा बनेर उभिएका छन् ।
उनकै नेतृत्वमा कमल ६ की आगलागी पीडित स्वर्गीय कुलमायाका बुबा देवी बहादुर र उनको परिवारका लागि पक्की घर बनाएर हस्तान्तरण गरिएको छ । जन्मदिनमा हुने फजुल खर्च कटौती गरेर राईले डेढ बर्ष अघि मंगलबारे बजारका आगलागी पीडित परिवारलाई नगद ५० हजार राहत प्रदान गरेका थिए । त्यतिमात्रै होेइत पति वियोग र आर्थिक विपन्नताका कारण सकसपूर्ण जिवन गुजारिरहेकी कमल ५ को टुकुरे बस्तीकी संगिता राई अहिले उनकै प्रत्यक्ष संलग्नता र नेतृत्वमा बनेको घरमा सुरक्षित बस्न पाउँदा मख्ख छिन । कांग्रेस महाधिवेशनको मिति संगै झापा क्षेत्र नं ५ मा उम्मेदवारी घोषणा गरेका महाधिवेशन प्रतिनिधिका उम्मेदवार राईको पक्षमा कार्यकर्ताहरुको ठुलो पंक्ति लागेको छ । युवा, बिद्यार्थीहरु, अनुभवी र सक्रिय नेता कार्यकर्ताहरु कम्युनिष्टहरुसंग मुकाबिला गर्न सक्ने सक्षम र सवल नेतृत्वको पर्खाइमा छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पर्व चलिरहेको छ ।२०४६ साल देखि विद्यार्थीको राजनीतिबाट शुरु भएको राजनीतिक यात्राहरुमा संक्रीय भइ कम्युनिष्टहरुले लालकिल्ला दाबी गरेको एमाले अध्यक्ष केपी ओलीको पकड भएको मानिने झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गतको कमल गाउँपालिकाको अध्यक्षमा एमालेकी प्रतिस्पर्धी मेनुका काफलेसंग बराबर मतको जनादेश प्राप्त गर्न सफल युवानेता हुन हुकुम सिंह राई।विभिन्न सामाजिक संस्थाहरुमा संक्रीय भइ लामो समयदेखी समाजको आर्थिक,सामाजिक,राजनीतिक कार्यमा अग्रपंक्तिमा आफुलाई परिचीत गर्न सफल नेता राई जन्मसिद्ध कांग्रेस पार्टीका निष्ठावान र सशक्त कार्यकर्ता हुन । आसित १४ औं महाधिवेशनमा झापा क्षेत्र नं-५ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधि(खुल्ला तर्फ) का उम्मेदवार बन्ने सौभाग्य पाएका हुकुम सिंह राईको उम्मेदवार किन भन्ने विषयमा प्रस्तुत केही नाराहरु निम्न हुन्:
१) ” एक ब्यक्ति , एक पद , एक कार्यकालको नारा उठान गरेको छु ।
२) नयाँ युवा पुस्तालाई प्रशिक्षण , अवसर र सम्मान जनक पुस्ता हस्तान्तरण लागी हातेमालो गर्ने प्रतिबद्धता गरेको छु ।
३) झापा क्षेत्र नं-५ भित्र रहेका सम्पुर्ण वडाहरुमा नेपाली काङ्ग्रेसको सगठन र यस भित्रका विभिन्न भातृ संस्थाहरुलाई मजबुत मनाउँने प्रतिबद्धता गरेको छु ।
४) शिक्षित विभिन्न समुदायका युवाहरुलाई नेपाली कांग्रेसमा एकताबद्ध गराई समुदायमा शिक्षा , सिप र आर्थिक उन्नतिमा अग्रसर बनाउँने प्रतिबद्धता गरेको छु।
५) नेतृत्व गर्ने अवसर समान रुपले हुन पर्छ भन्ने आवाज उठाएको छु ।
६)अग्रजहरुको त्याग,तपस्या र योगदानको सदा कदर गरि उहाँहरुलाई सम्मान र परामर्श साथ अघि बढ्ने छु।
अन्तमा: उनि भन्छन् हामिले लगातार एउटै मोबाईल बर्षौसम्म चलाईरहदैनौ ,मोबाईलमा जन्मिरहने हरेक नयाँ फङ्सनहरुले हामीलाई नयाँ मोबाईल लिनका लागी उत्पेरित गर्छ ,पार्टी भित्र पनि नयाँ अवसर प्राप्त गर्ने युवावर्गहरुले पार्टीलाई थप उर्जा दिईरहेको हुन्छ त्यसैले सत्ता र पुस्ता हस्तान्तरणले नै पार्टीलाई चलाएमान गराउँदछ। यहाँहरुको साथ सहयोग र अमुल्य मत र मायाको अपेक्षा गर्दछु।






