jQuery(document).ready(function($){ //
});

मुनामदन देखाएर राष्ट्रिय नाचघरले पहिलो पटक मोटर किन्यो ।

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस

RAWA Hills Town Property

RAWA Hills Town Property

सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस

त्यो फूल हरे मलाई दिई कसरी पछारिस

हे दिदी मैले ती मुना देख्ता मुनाको मुहार

ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार

मुना छातीको जुहार

पृथिवीतिर नहेर मुना म पनि आउँछु

आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु

प्रेमको हीरा छुटेको तल म लिई आउँछु।

कसरी खायो आगोले दिदी कमलको शरीर

कसरी खायो निठुरी भई कमलको शरीर

म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊँ

खरानी तिनको मलाई द्यौन छातीमा लगाऊँ

हे मेरी आमा हे मेरी मुना म यहाँ बस्तिन

म यहाँ अब बस्तिन आमा म यहाँ बस्तिन

म यहाँ अब बस्तिन मुना म यहाँ बस्तिन

हे मेरा भाइ ती तिम्री मुना मरेकी छैनन् ती

ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती

स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती

पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदी मलाई

म रुने छैनँ गएर भोलि भेटुँला तिनलाई

हे दैव पर्दा चाँडै नै उठा धन्य छ तँलाई

माथि उल्लेखित बोलको गीत हिजो आज पनि रेडियो नेपालबाट बरोबर सुनिन्छ। स्वर सम्राट नारायण गोपालले आफ्नै संगीतमा स्वर्गीय कमला श्रेष्ठसंग गाएको युगल गीत महाकवि स्वर्गीय लक्ष्मी प्रसाद देवकोटाको अमर कृति मुनामदनबाट लिएको पङ्ति हो। मुनामदन खण्डकाब्यका लेखक देवकोटाको निधन २०१६ सालमा भएको थियो। नेपालका सर्वाधिक चर्चित गायक नारायण गोपालको निधन २०४७ सालमा भएको थियो। यसैगरी मुनामदन गीतिनाटकमा दिदीको भूमिकमा गाएकी कमला श्रेष्ठको पनि दुखद निधन भैसकेको छ। तर मुना मदन कृतिका साथै यसका गीत अझै जीवन्त रुपमा नेपाली समाजमा बाँचिरहेको छ। 

महाकवि स्वर्गीय लक्ष्मीप्रसाद देवकोटालाई सर्वाधिक मन परेको कृति मुनामदन। उनले आफ्नो जीवनको अन्तिमतिर आफ्ना सबै रचना जलाएपनि मुनामदन सुरक्षित राखिदिन गरेको आग्रहले पनि मुनामदनको महत्व अझ बढन गएको थियो। स्वर्गीय देवकोटाले मुनामदन खण्डकाब्य बिक्रम सम्बत १९९२ मा रचना गरेका थिए। तर आज पनि मुना मदन नेपाली पुस्तकहरु मध्ये बिक्री हुने गरेको कृति मध्ये पर्दछ।

मुनामदन खण्डकाब्यलाई गीति नाटकका रुपमा हालसम्म हजारौं पटक प्रदर्शन भैसकेका छन। नेपालका विभिन्न भागमा यसको प्रदर्शन भएका छन। कयौं कलाकारले मुनामदनमा कलाकारका रुपमा भूमिका निभाउने अवसर पाएका थिए। 

सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा सर्व प्रथम तिसको दशकमा मुना मदन गीति नाटकको प्रदर्शन गरेको थियो। त्यतिखेर नायक मदनको भूमिकामा कोकिल गुरुङले खेलेका थिए। उनको अभिनयको निक्कै प्रशंशा गरिएको थियो। त्यसपछी अन्य कलाकारले पनि मदनको भूमिकामा अभिनय गरेका थिए। पछिल्लो पटक हाल सांस्कृतिक संस्थानमा कार्यरत प्रभाकरदेव शर्मा यो भूमिकामा मन्चमा उत्रिएका थिए। तर चरित्र अभिनेत्री स्वर्गीय शुभद्रा अधिकारीले मुनामदन गीतिनाटक मुनामदनमा २५ वर्षसम्म मदनको दिदीको भुमिकामा खेलेकी थिईन। मुनामदनका रचनाकार स्वर्गीय देवकोटा जस्तै धुम्रपानको आदत भएकी कुशल कलाकार शुभद्रा अधिकारीले पनि यो धरती छोडिसकेकी छिन। 

मुनामदन गीतिनाटकमा विभिन्न संगीतकारले संगीत दिएका थिए। स्वर सम्राट स्वर्गीय नारायण गोपालले मुनामदनमा मदनको भूमिकामा गाउनुका साथै बेग्लै संगीत पनि दिएका थिए। यसैगरी वरिष्ठ संगीतकारहरु स्वर्गीय अमर गुरुङ र स्वर्गीय चन्द्रराज शर्माले पनि मुनामदनमा संगीत दिएका थिए। तर सर्वाधिक चर्चित भने चन्द्रराज शर्माले संगीत दिएको मुनामदन भएको थियो। तिसको दशकमा स्व नारायण गोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक रहेको बखत मुनामदन गीति नाटकको प्रदर्शन हाउसफूलका साथ चलेको थियो। त्यतिखेर नाचघरले सोही गीतिनाटकको प्रदर्शनबाट नाफा कमाएकोले पहिलो पटक मोटर समेत किन्न सफल भएको थियो। यसअघि सांस्कृतिक संस्थानका महाप्रवन्धक मोटरसाईकल चढने गर्दथे।

२०१६ सालमा महाकवि देवकोटाको स्वास्थ्य अवस्था बिग्रिसकेपछी उनलाई पशुपति आर्यघाटमा रांखिदा वरिष्ठ पत्रकार स्वर्गीय मदनमणी दिक्षितले उनको तस्बिर खिचेका थिए। त्यतिखेर दिक्षितलाई तस्बिर खिचेर फाईदा उठाएको आरोप पनि लागेको थियो। तर सोही तस्बिर आज देबकोटाको दुर्लभ तस्बिर बनेको छ। देवकोटाको घर कविकुन्ज त पक्कै जोगाउनु पर्छ नै यसका साथै देवकोटासंग सम्बन्धित अन्य सामाग्री खोजका लागि अभियाननै चलाउनु जरुरी देखिएको छ। यसैगरी मुनामदन गीतिनाटकको तिसको दशकका साथै अन्य समयमा भएका श्रब्य रेकर्ड सुरक्षित राख्नका लागि यथोचित व्यवस्था गर्नु सम्बन्धित निकायको जिम्मेवारी भएको कुरामा सहमत हुन सकिन्छ। यसैगरी पचासौं वर्ष अघि मुनामदनमा खेलेका कलाकारहरु अझै छन। उनिहरुको त्यतिखेरको अनुभव आजको पुस्ताका लागि प्रेरणादायी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय