नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा पार्टी विधान अनुसार पार्टीको क्षेत्रीय कार्य समिति महाधिवेशनमा भाग लिन चुनिनु पर्ने नेताहरुको बिषयमा विभिन्न कोणबाट अनुमान र विश्लेषणहरु बाहिर आइरहेका छन् ।
यस्तै पात्र मध्येका एक जना नेता हुन झापाका अनिल भण्डारी । उनी झापा क्षेत्र नं ५ बाट चुनिनु पर्ने खुल्ला तर्फका उम्मेदवार हुन् ।
एक ताका युवा अवस्थामा नेपाल बिद्यार्थी संघका आर आर क्याम्पस इकाई समिति रहि चार बर्ष योगदान समेत गर्नु भएका पात्र मध्यका एक हुन् । साथै वार्ड सभापति समेत रहि कार्य गर्दै १३ औं महाधिवेशनमा क्षेत्रीय कोषाध्यक्ष पदमा निर्वाचित भइ कार्य सम्पन्न गरेको र हाल १४ औं महाधिवेशनमा क्षेत्रीय सदस्यको दावेदार रहि असहायहरुको सहारा बनेर उभिएका छन् ।
अन्तमा: विधि र विधान सहित हाम्रा श्री बि पि कोइरालाको पथमा युवाको सहभागिता सहित काग्रेसलाइ चलाएमान बनाउन यहाँहरुको साथ सहयोग र अमुल्य मत र मायाको अपेक्षा गरेका छन् ।






