सोमबार सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापा क्षेत्र नं ५ मा भएको निर्वाचनको अन्तिम मतपरिणाम आज (मंगलबार) बिहान सार्वजनिक भएको छ ।
सार्वजनिक भएको मत परिणाम अनुसार क्षेत्रीय सभापतिमा ढुण्डीराज भण्डारीले कूल ४४७ मत ल्याएर विजयी भएका छन् । उनी दोश्रो कार्यकालका लागि सभापति निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रोशन गौतम रहेका थिए ।
क्षेत्रीय सचिवमा भण्डारीको प्यानलका धर्मानन्द भट्टराई र गौतमको प्यानलका मुकुन्द उप्रेती निर्वाचित भएका छन् भने सह-सचिवमा गोपालराज दाहाल र डिल्ली चापागाइँ निर्वाचित भएका हुन् ।
त्यसैगरी खुल्ला तर्फ निर्वाचित केन्द्रिय महाधिवेशन प्रतिनिधि १० जनामा हुकुमसिंह राई सर्वाधिक मत ल्याएर विजयी भएका हुन् उनले कुल ४५२ मत प्राप्त गरेर पहिलो स्थान प्राप्त गरेको हुन् । डा. खगेन्द्र पाण्डव अधिकारी दोश्रो स्थानमा र गौरादह नगरपालिकाका प्रमुख समेत रहेका रोहितकुमार साह तेस्रो स्थानमा महाधिवेशन प्रतिनिधिका रुपमा विजयी भएका छन् ।
त्यस्तै हेमन्त कार्की, सुरेश सुब्बा, राजन बहादुर ढुंगाना, मेदनी प्रसाद सिटौला, अनिलकृष्ण प्रसाइँ, भुपालराज कटुवाल र टिकाराज सापकोटा निर्वाचित भएका छन् ।
खस आर्य पुरुष तर्फ विक्रम अधिकारी र डा. नेत्र बुढाथोकी विजयी भएका छन्। खस आर्य महिला तर्फ भने मन्धरा चिमरिया पौडेल र चन्द्राकुमारी खडका निर्वाचित भएका छन् । मधेसी कोटामा सत्यनारायण चौधरी र अल्पसंख्यकको कोटामा निरज अग्रवाल निर्वाचित भएका छन् ।
खुल्ला महिला तर्फ संघीय संसद सदस्य समेत रहेकी महेन्द्रकुमारी लिम्बु, रेगिना भट्टराई प्रसाइँ, लक्ष्मी बारकोटी र तुलसा पन्त विजयी भएका छन भने आदिवासी जनजाती समुह (पुरुष तर्फ) अइन्द्र विक्रम केरुङ र भुमिराज राई विजयी भएका हुन् भने महिलामा रमा लिम्बु र फुलवती राजवंशी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।






