jQuery(document).ready(function($){ //
});

नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बुधवार बिहान पहाडी भू-भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

राति देशका पहाडी भू–भागमा बदली रहनेछ ।  बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा हल्का वर्षाको आँकलन गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ मङ्सिर ०८ गते(बुधवार)
​​​​​​​दिउँसो
: प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू–भागहरूमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक /दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू–भागहरूमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मङ्सिर ०९ गते (बिहीबार) 
दिउँसो : 
देशको  पहाडी भू–भागहरूमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: प्रदेश १, बागमती र गण्डकी प्रदेशको  पहाडी भू–भागहरूमा  आंशिकदेखि सामान्य बदली र लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मङ्सिर १० गते (शुक्रवार) 
दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू–भागहरूमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली  रहने छ। 

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशका पहाडी भू–भागहरूमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय