jQuery(document).ready(function($){ //
});


झापा ।। झापा गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवन निमार्णका लागि आमा र छोराहरुले आफ्ना बाबूको सम्झनामा लाखौं मूल्य बराबरको जग्गा दान गर्नुभएको छ। झापा गाउँपालिका- १ सितुमारी बस्ने छोराहरु दुर्गा प्रसाद न्यौपाने, खगेन्द्र न्यौपाने, र आमा बेदमाया न्यौपानेले स्वर्गीय बुबा देबनिधी न्यौपानेको स्मृतिमा वडा कार्यालयको भबन निमार्णका लागी २ कट्ठा जग्गा दान गर्नुभएको हो ।
सामाजिक कार्यहरु गर्दै आउनुभएका र असल राजनितिक छविका बुवा देवनिधी न्यौपानेकोे केही बर्ष अघि निधन भएको हुँदा उहाँको सम्झनामा आफुहरुले वडा कार्यालयलाई जग्गा दान गरेको जेठा छोरा दुर्गा प्रसाद न्यौपानेले जानकारी दिनुभयो । मान्छे मरेर जान्छ तर त्यही मान्छेको नाममा दिएको दान अजम्बरी हुन्छ । ” बाबुले गर्नुभएका असंख्य समाजसेवाहरुमा एउटा ढुंगा मात्र थपेको हौं, र उहाँकै सम्झनामा वडा कार्यालयलाई जग्गा दान गर्न पाउदा एकदमै खुशी लागेको छ, आउने दिनहरुमा गाउँपालिकाको लागि अझ सेवा गर्ने अवसर प्रदान होस” भन्दै न्यौपानेले आफ्ना भनाईहरु राख्नुभएको थियो।
शुक्रबार मालपोत कार्यालय चन्द्रगढीमा गएर वडा कार्यालयको नाममा २ कट्ठा जमिन पास गरिएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले जानकारी दिदै वडा कार्यालयलाई जग्गा दान गरेकोमा न्यौपाने परिवारलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ । जग्गा दान गर्ने न्यौपाने परिवारलाई गाउँपालिकाले बिशेष सम्मान गर्ने समेत अध्यक्ष शाहले जानकारी दिनुभयो । वडा कार्यालयको आफ्नै भवन नहुदा काम गर्न असहज भइरहेको हुँदा अब छिट्टै नै उक्त जग्गामा भवन निर्माण गरि आफ्नै भवनबाट सेवा संचालन गर्ने अध्यक्ष शाहले जानकारी दिनुभयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय