jQuery(document).ready(function($){ //
});

राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारबाट सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको ‘फिल्ड’को कार्य सकिएर अब तथ्याङ्क प्रशोधन  प्रारम्भ गर्ने चरणमा गएको तथ्याङ्क विभागले जनाएको छ । 

यसपटकको जनसङ्ख्या झण्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिनुभयो । आउँदो पुस महिनादेखि जनगणनाको विवरण प्रशोधन सुरु गरी करिब तीन महिनामा प्रारम्भिक नतिजा तथा एक वर्षपछि अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी प्रक्रिया अघि बढेको जनाइएको छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

विभागले जनगणनाको महाअभियानमा स्थानीयस्तर मै खटिएर अथक प्रयास गरी विवरण सङ्कलन गर्ने गणक तथा सुपरिवेक्षक र गणनामा सहभागी भई सत्यतथ्य विवरण दिने उत्तरदातालाई धन्यवाद दिएको छ । जनगणनाको व्यवस्थापन र गुणस्तर नियमनको लागि केन्द्रदेखि स्थानीयस्तरसम्म कार्य गर्ने सम्पूर्ण कर्मचारी, जनगणनाको प्रचारप्रसार तथा सचेतना, सहयोग र समन्वय गर्ने  सञ्चारकर्मी, विज्ञ समुह, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्था एवम् जनगणनाका क्रियाकलापमा प्रत्यक्ष वा परोक्षरूपले सहयोग गर्ने सम्पूर्णमा विभागले आभार व्यक्त गरेको छ ।  

जनगणना कोभिड–१९ को विश्वव्यापी महामारीले गर्दा पूर्वनिर्धारित समयभन्दा करिव पाँच महिना ढिलो गरी सञ्चालन भएको थियो । ‘जनगणनाको बाह्रौँ श्रृङ्खला सञ्चालन गर्दैगर्दा धेरै कुरा सिकेका छौँ, जसले हामीलाई आगामी गणना तथा सर्वेक्षणमा पृष्ठपोषण दिनेछ’, विभागले आज पत्रकार सम्मेलनपछि वितरित विज्ञप्तिमा उल्लेख गरेको छ । 

यसपालिको तथ्याङ्क सङ्कलनमा डिजिटल प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीबाट वडातहसम्मको आधारभूत विवरण सङ्कलन, विदेशस्थित कुटनैतिक नियोगमा इसेन्सस् विधिवाट गणना गरिएको र त्यसका लागि विगतभन्दा एक तह माथिको शैक्षिक योग्यता भएका स्थानीय वेरोजगार यूवाको सङ्लग्नता रहनु प्रमुख विशेषता भएको विभागले जनाएको छ । नेपालको भू–भागभित्रका तराई, पहाड र हिमालका सम्पूर्ण स्थानको गणना सम्पन्न भएको र केही विवादित क्षेत्रमा कुटनैतिक पहल गरी छिटै गणना सम्पन्न गर्ने पनि विभागले उल्लेख गरेको छ । 

आउँदो पुस महिनादेखि विभागको डाटा सेन्टरमा जनगणनाको विवरण प्रशोधन सुरु गरी करिब तीन महिनापछि प्रारम्भिक नतिजा तथा एक वर्षपछि क्रमश : अन्तिम नतिजा र अन्य विषयगत प्रतिवेदन प्रकाशन गर्ने विभागको तयारी छ । जारी विज्ञप्तिमार्फत भनिएको छ, ‘हामीले सञ्चालन गर्ने सबै प्रकारका गणना र सर्वेक्षणमा सम्पूर्ण उत्तरदाता र सरोकारवाला सबै व्यक्ति तथा संस्थाबाट आगामी दिनमा पनि यस्तै सहयोग र समन्वयको अपेक्षा गरेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय