jQuery(document).ready(function($){ //
});


झापा, २०७८ मंसिर १२ गते

झापाको कन्काई नगरपालिका ८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आज दउँसो साँढे १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु र २२ जना घाईते भएका हुन् । दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ बर्षिय उत्सब पौडेलको मृत्यु भएको हो । अन्य घाईते भएकाहरु मध्ये ११ जनाको बि. एण्ड सि. अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय