प्लानेट मल्टिमेडिया इन्टरनेसनल र रेडियो झापाको संयुक्त आयोजनामा स्टार आर्जे नामक प्रतियोगिता संचालन हुने भएको छ। यो स्टार आर्जेको दोस्रो संस्करण हो। यसको पहिलो संस्करण गत बर्ष सम्पन्न भएको थियो। पछिल्लो बर्ष कोरोना महामारीको कारण लकडाउनले गर्दा ओझेलमा परेको साथै बृहत योजना हुँदा हुँदै पनि सो अनुसार प्रतियोगिता संचालन गर्न धेरै बाधाहरुका कारणले धेरै कुरा समेट्न नसकेको आयोजकको भनाई रहेको छ। तर यो पटक भने परिस्थिति अनुकुल रहेको कारण स्टार आर्जेको दोस्रो संस्करण बृहत र उच्च स्तरका साथमा सम्पन्न गर्ने तयारी भै रहेको पनि आयोजकले जनाएको छ।
रेडियो टिभी तथा मेडिया क्षेत्रमा आफ्नो भबिष्य खोज्नेहरुको लागि यो एउटा राम्रो मंच हुन सक्छ। आयोजकका अनुसार मिडिया क्षेत्रमा जो जतिले आफ्नो करियर बनाउन चाहनुहुन्छ ति सबैको लागि लक्षित गरि यो प्रतियोगिता संचालन गरिएको हो। यो प्रतियोगिता एउटा खुल्ला प्रतियोगिता भएको कारणले कुनै पनि हदबन्दि तोकिएको छैन। कुनै पनि उमेर समूह या इच्छुक जो कोहिले यसमा सहभागिता जनाउन सकिन्छ।
यस प्रतियोगिता बारे जानकारी दिने क्रममा प्रतियोगिता मुलत दुई भागमा बिभाजन गरिएको छ। पहिलो भागमा आबेदन दिई सकेर सहभागी सबैलाई बिभिन्न विधामा प्रशिक्षणहरु दिईने छ। जसमा कार्यक्रम उद्घोषण, कार्यक्रम उत्पादन, समाचार वाचन, समाचार लेखन, समाचार सम्पादन, समाचार संकलन, प्राबिधिक तालिम, बिज्ञापन उत्पादन तथा संकलन तथा बजार ब्यबस्थापन जस्ता संचार माध्यामसंग सम्बन्धित अरु धेरै बिषयमा प्रशिक्षण दिईने छ। प्रशिक्षण पछि प्रशिक्षणबाट प्राप्त ज्ञानलाई रेडियो मार्फत प्रस्तुत गर्न पर्ने हुन्छ र जुन प्रतियोगीको प्रस्तुति उत्कृष्ट रहन्छ सो प्रतियोगी बिजयी घोषित गरिने प्रतियोगिताको ढांचा रहेको आयोजकले जानकारी दिनु भयो।
प्रतियोगितामा जम्मा ४५ जनालाई मात्र सहभागी गरिने पनि आयोजकबाट जानकारी दिईएको छ। यदि ४५ जना भन्दा बढी आबेदन आएको खण्डमा भने सबै आबेदकहरुलाई अडिसनमा सहभागी गराई सम्पूर्ण आबेदकबाट ४५ जना छनौट गरि प्रशिक्षनामा समाबेस गरिने छ।
सहभागिता लागि आबेदन दिने समयावधि भने यहि मङ्सिर मसान्त सम्म मात्र रहेको र सो समय भित्र इच्छुकले आबेदन दीइसक्न पर्ने छ भने तालिम भने पुष महिनाको शुरुबताई गरिने आयजकाले जानकारी दिएकाछन।
तालिमको लागि भने धेरै अनुभबी व्यक्तित्वहरु रहेको छ। जसमा लामो समय देखि कान्तिपुर टेलिभिजनमा समाचार वाचकको रुपमा काम गरिरहनु भएका रुपेश श्रेष्ठ, एभिन्युज टेलिभिजनमा समाचार वाचक रहिसकेका संचारकर्मी उत्तम रिजाल, आर्जे भिजे साथै कार्यक्रम उद्घोषिका तृष्णा उपाध्याय रेग्मी, लेखक तथा कलाकार शंकर चापागाईं (धनकुटे कान्छा) लगायत अन्य अनुभवी व्यक्तिहरु रहेका छन्। एक महिना लामो चल्ने यस प्रतियोगितामा भने सहभागीले पाँच भिन्न बिषयमा आफ्नो प्रस्तुति दिन पर्ने हुन्छ जसबाट आफुले सिकेका सबै विधा आफ्नो प्रस्तुतिबाट अब्बल हुन सकेको खण्डमा प्रतियोगिताको बिजेता बन्न सक्ने छ। प्रतियोगिताको स्वरुप अनुसार यस कार्यक्रमको बिजेताहरुले १ लाख भन्दा बढीको पुरस्कारसंगै विभिन्न अवसरहरु प्रदान गर्ने आयोजकले तयारी गरेको छ।
फारम भर्नका लागी तलको लिङ्क थिच्नु होस् :






