।।भोजराज घिमिरे ।।
छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ हुने भएको छ । फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाख प्रति कार्ड उपलब्ध गराउने भए को ले छपाइ कार्य सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले कार्ड अभाव भए को कारन अति आवश्यक सवारी चालक अनुमतिपत्र मात्र छपाइ गर्दै आएको थियो ।विभागले १४ लाखप्रति कार्ड आएपछि छपाइ कार्य तीव्र बनाइने जनाएको छ । विभागका महा निर्देशक नमराज घिमिरेले भन्नुभयो, “कार्ड आइपुग्यो, छपाइको नमुना परीक्षण गर्छौं । आउने हप्ताबाट छपाइ सुरु हुने । करिब दुई वर्षदेखि छाप्न बाँकी रहेका सात लाखप्रति सवारी चालक अनुमतिपत्रलाई प्राथमिकता का साथ दिइने बताइएको छ । उहाँकाअनुसार दैनिक रूपमा आउने मागलाई दैनिक कार्यतालिका अनुसार नै छपाइ गर्न सकिने छ । सात लाखप्रति छाप्न तीन महिना लाग्ने छ । तीन सिफ्टमा छाप्ने योजना रहेको विभागले जनाएको छ । दैनिक करिब पाँच हजारप्रति सवारी चालक अनुमतिपत्रको नयाँ माग छ। २०७२ सालमा स्मार्ट सवारी चालक अनुमतिपत्र लागूू भएपछि छपाइ काम निकै सुस्त हुँदै आएको छ । ग्लोबल टेण्डर प्रक्रिया नै ढिला गरी खुला गरिएकाले कार्डको अभाव हुन गएको विभागले जनाएको छ ।






