jQuery(document).ready(function($){ //
});

कक्षा १२ को नतिजा शुक्रबार अर्थात आजै प्रकाशन हुने भएको छ । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै  बोर्डले बिहान ९ बजेका लागि बैठक बोलाएको छ । 

नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको बोर्डले निर्णय गरेपछि सार्वजनिक हुने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । 

RAWA Hills Town Property

RAWA Hills Town Property

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।

विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय