राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डको आज बिहान बसेको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रकाशित नतिजा करिब एक घण्टापछि https://neb.ntc.net.np/ बाट हेर्न सकिनेछ ।
त्यस्तै, एनईबी स्पेस अनि सिम्बोल नम्बर लेखी १६०० मा एसएमएस पठाएर वा आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा जानकारी पाउन सकिने बोर्डले जनाएको छ।
गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा तीन लाख ७५ हजार १५ जना विद्यार्थी सहभागी भएका थिए ।






