jQuery(document).ready(function($){ //
});

।।भोजराज घिमिरे ।।


थालासेमिया पिडित बिरामीको उपचारका लागि विराटनगरमा शुक्रबार ‘च्यारिटी सो’ हुने भएको छ।
थालासेमिया पिडित बिरामीको उपचारका लागि पौष ९ गते विराटनगरमा ‘च्यारिटी सो’ हुने भएको हो । क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ हुने भएको हो । बुधबार लायन्स क्लब भवनमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रम बारे जानकारी दिए । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि १०५ जना थालासेमिया पिडित बिरामीहरु आयोजकको सम्पर्कमा आएका छन् । आयोजकले सम्पर्कमा आएका बिरामीहरुमध्ये सुरुवाती चरणमा कम्तीमा २० परिवारको स्वास्थ्य बिमा गर्ने तयारी गरेको बताए । त्यसपछि कार्यक्रमबाट संकलित रकम आधारमा बाँकी बिरामीहरुको पनि स्वास्थ्य बिमा गरिदिने तयारी रहेको आयोजक का अध्यक्ष भुवन दाहालले बताए । उनले प्रारम्भिक चरणमा निम्नवर्गीय २० परिवारको स्वास्थ्य बिमाका लागि ७० हजार रुँपैया खर्च हुने जानकारी दिए ।
आवर प्रोडक्सन कम्पनीको आयोजनामा हुन गईरहेको उक्त कार्यक्रमले बिरामीको उपचारका साथै ढाकाबाट बनेका तयारी पोेशाक र ‘फेशन वेयर’ को प्रर्वद्धन गर्ने लक्ष्य समेत लिएको बताए । कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रहेका चर्चित मोडेलहरुले उक्त पोशाक पहिरिएर प्रर्दशन गर्नेछन् । त्यसका लागि आयोजकले विराटनगरको तनश्का बुटिक, इटहरीको व्हाइट फिदर र ओएसटी डेनिमलाई फेशनसँग सहकार्य गरेको छ ।
कार्यक्रममा मेलोडियस क्विनकोे उपनामले चर्चित गायिका तृष्णा गुरुङको साङ्गितिक प्रस्तुती समेत रहेको आयोजकले जनाएको छ । यसका अतिरिक्त कार्यक्रममा चर्चित नायिका परामिता राज्य लक्ष्मी राणा, मिस युनिभर्स २०२० रनरअप रक्षा उप्रेती, मिस्टर इन्टरनेशनल नेपाल साजिद आलम र चर्चित मोडेल विनोद खड्का सहित चर्चित कलाकारहरुको उपस्थिति रहने छ । दिनको ४ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी हुन आयोजकले रु. १ हजारका दरले टिकट अनिवार्य गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय