jQuery(document).ready(function($){ //
});

फेशन फिभर फ़्राइडे नाइट कार्यक्रम धुमधाम साथ् सम्पन्न भएको छ। क्रिश्मसको अघिल्लो दिन इभ मनाउने हिसाबले आयोजना गरिएको कार्यक्रमको मुख्य आकर्षकको रुपमा कलाकार मेचु धिमाल थिइन्। कार्यक्रममा रेडियो झापाका एम ड कोशिस सिवाकोटी, सी जी ब्रेव्रिका मेची अफिसर रमेश बानियाको समेत उपस्थिति रहेको थियो।

आयोजित कार्यक्रमको सुरुवात स्थानीय गायक सुदेश राइको एकल प्रस्तुतिबाट भएको थियो। कार्यक्रममा फेशन शोका लागि सुस्कृति नेपाली, स्वेता सुबेदी, सम्पना सुन्दास, बिनाम पोमु लिम्बु, आयुष गुरुङ्ग, नतिजा प्याकुरेल लगायतका मोडेलहरु रहेका थिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रममा मेचु धिमालको स्वागत प्लानेट मल्टिमिडियाका सीइओ मोनित महर्जन, रेड मगका एम ड सबिन राइ, मुकेश शाह र ओशा राइले गरेका थिए।

उक्त कार्यक्रममा सम्पूर्ण सहयोगी कम्पनि, मिडिया, मोडेल र प्रायोजक कम्पनिहरुलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो।कार्यक्रममा मेचु धिमालले बेजोड सांगेतिक प्रस्तुति दिएकि थिइन्।

नेपाल आइस द्वारा प्रायोजित फेशन फिभर फ़्राइडे नाइट कार्यक्रमको संचालन शुलभ राज बरालले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय