jQuery(document).ready(function($){ //
});

एजुकेसन माइग्रेसन कर्नरले आज गोर्खा डिपार्टमेन्टको हलमा ग्राण्ड एजुकेसन फेयर-२०२१ सम्पन्न गरेको छ।

कार्यक्रममा स्वागत मन्तब्य दीक्षा गौतमले राखेका थिए भने बिशिष्ट अतिथि सुनिल उप्रेतीले आफ्नो मन्तब्य राख्ने क्रममा आफ्ना अनुभवहरु अनि जिबनका तिता मिठा सम्झानाहरु राखेका थिए। बिदेशमा गएर पढ्ने,त्यहा गएर गर्नुपर्ने काम,यहाँ रहदाको प्रक्रियाहरु बारे बताउनुभएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रममा नृत्य प्रस्तुत किङ्ग डान्स सेन्टर ,गायन नितेश निर्भानाले गरेका थिए।

कार्यक्रममा ब्राण्ड एम्बासडर उपसना सिंह ठाकुरीले आफू इएमसी संग दोश्रो बर्ष पमि काम गर्न पाउदा खुसी भएको र इएमसीले राम्रो कन्सल्ट गर्ने र यो अरु भन्दा भर्पर्दो रहेको बताए।

दमकमा यस कन्सल्टेन्सी ४ बर्ष अगाडि स्थापना भएको र हाल सम्म उत्कृष्ट प्रस्तुती रहेको बुढाथोकीले बताए।

कार्यक्रमको सभापतित्व सुरज बुढाथोकी इएमसि दमकका ब्रान्च म्यानेजरले गरेका थिए भने प्रमुख अतिथि इन्द्र गुरुङ दमक न.पा. वडा न.०५का अध्यक्ष रहेका थिए।कार्यक्रमको बिशिष्ट अतिथि गोपाल गुरागाइ दमक उधोग बाणिज्य संघका उपाध्यक्ष, बिशिष्ट अतिथि उपसना सिंह ठकुरी इसीका ब्राण्ड एम्बासडर,बिशिष्ट अतिथि सुनिल उप्रेती मोटिभेटर,बिशिष्ट अतिथि टिका अधिकारी आस्था कलेज,बिशिष्ट अतिथि शान्तिराम आचार्य युनिक कलेज अतिथि मुकेश धमला हारबर कलेज,गीता राज, राजेश जोशी,प्रभाकर के.सि,शरदर बिष्ट, भुपाल काफ्ले,प्रबिण पाठक, राजन घिमिरे को उपस्थिती रहेको थियो।

कार्यक्रम संचालन तृष्णा रेग्मीले गरेकी थिइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय