jQuery(document).ready(function($){ //
});

लुथरन सामुदायिक कल्याण समाज रंगेलीले भेण्टिलेटरकोभिड १९ को नयाँ भेरिएन्ट अमिक्रोन भाइसर फैलिरहेको ले भेण्टिलेटर सहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामाग्री कोशी अस्पताललाई निःशुल्क स्वस्थ सामाग्री प्रदान गरेको छ ।
स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पूर्व रक्षामन्त्री सान्सद मिनेन्द्र रिजालले कोशी अस्पतालका निमित्त सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवलाई सामाग्री हरु हस्तान्तरण गरेका हुन । कार्यक्रममा पूर्वमन्त्री रिजालले धर्म र सम्प्रदाय भन्दा माथि उठेर लुथरनले गरेको यो मानविय कार्य उदाहरणीय रहेको बताए । यस अघि पनि जोखिममा रहेका मानिसहरुलाई लुथरन सामुदायिक कल्याण समाजले गरेको मानविय सहयोगको प्रशंसा गर्दै रिजालले कोशी अस्पताललाई गरेको सहयोगको लागि धन्यावाद दिए ।
कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मी नारायण यादवले कोभिड १९ को महामारीको अहिलेको अवस्थामा बालबालिकालाई अति आवश्यक पर्ने बच्चाको भेन्टिलेटर सहितको सामाग्री दिएर आम सर्बसाधरणको उपचारमा सहजता प्रदान गरिदिनु भएकोमा लुथरन सामुदायिक कल्याण समाजलाई कृतज्ञता व्यक्त गरे । उनले ग्रामीण क्षेत्रमा रहेर पिछडीएको समाजमा काम गर्ने संस्थाले त्यहाका स्थायिनवासी समेत लाभान्वित हुन भन्ने उद्देश्य राखेर स्वास्थ्य सामाग्री प्रदान गरेकामा आफुलाई समेत खुसी लागेको बताए ।
लुथरनले गरिरहेको कामका बारेमा संस्थाका सिइओ सुमन राई र अस्मिता चौधरीले सदृष्य बर्णन गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष जोसेफ सोरेनले संस्थामार्फत कोभिडको समयमा र अन्य विपतमा समुदायमा काम गर्न पाउदा आफुहरुलाई निकै गर्व लागेको बताए । संस्थाले कार्यरत रहेका गाउँ पालिका र नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई निशुल्क रुपमा यस अघि पनि स्वास्थ्य सामाग्री वितरण गरेको जानकारी दिए । जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डलले विपत र जोखिमका बेला लुथरनले जनताको साथी भएर काम गरिरेहेको बताए । उनले अन्य समुदायमा समेत काम गर्न आग्रह गरे।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय