युवा संघ नेपाल र अनेरास्ववियू गौरादह नगर कमिटी र कमल गाउँ कमिटी निर्माण कार्य सयौ युवाविद्यार्थीहरुको उत्साहजनक उपस्थिति सहित सम्पन्न भएको छ । कमरेड डि बि सुनुवारको अध्यक्षतामा युवा संघ नेपालको १५१ सदस्य कमल गाउँपालिका कमिटी, कमरेड नवीन ताजपुरियाको अध्यक्षतामा अनेरास्ववियूको ५१ सदस्य कमल गाउँपालिका कमिटी, कमरेड सन्तोष मगरको अध्यक्षतामा ५१ सदस्य युवा संघ नेपालको गौरादह नगर कमिटी , कमरेड मनिष खड्काको अध्यक्षतामा ३१ सदस्य अनेरास्ववियू गौरादह नगर कमिटी निर्माण भएको छ ।






