।।भोजराज घिमिरे ।। मोरङ्ग।।
एसियन लाईफ इन्स्योरेन्स क.लि बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई घर दैलो मृत्युदाबी भुक्तानी गरेको छ ।
सिद्धिचरण – ०२, ठुलोछाप, ओखलढुंगा घर भइ हाल इटहरी ०२, सुनसरी बस्ने श्रीमती तारा – नेपालको श्रीमान एबम यस कम्पनीका बिमित सरोज बाबु भट्टराईको मिति २०७८/०४/३१ गते कोभिड-१९ को कारण उपचारको क्रममा मृत्यु भएकोले निजकी श्रीमती तारा नेपाललाई मिति २०७८/०९/२१ गते निजकै घर दैलो गई रु १४, १०, १७० /- रकमको चेक पूर्व प्रहरी निरीक्षक श्री मोहन प्रसाद खतिवडा तथा बिराटनगर शाखाका शाखा प्रबन्धक श्री सरोज भण्डारीद्वारा एकमुस्ट रुपमा उक्त चेक हस्तान्तरण गर्नु भएको हो / मृतकको ४ वर्ष अगाडी सुखी जिबन (सावधिक तथा आजिवन) बिमा योजनामा ११००००० /- (एघार लाख) को बिमा, अर्धवार्षिक रु ३०८६९ /- जम्मा गर्ने गरि कुल रु २७७८२१ /- यस कम्पनीमा जम्मा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा पूर्व प्रहरी निरीक्षक श्री मोहन प्रसाद खतिवडाले बिमाको वास्तविकता बारे प्रस्ट धारणा व्यक्त गर्दै आम जनतालाई आफुले कमाएको केहि अंश छुट्टाएर बिमा गर्न प्रोत्साहन गर्नु भएको साथै जिबन बिमा कम्पनीका अभिकर्ताहरुको क्षमता, दक्षता अभिवृद्धि गरि सहि सूचना जनता माझ लग्न जिबन बिमा कम्पनीलाई सुझाब दिदै आफु पनि जनताको घर घर गई जिबन यस्तो खालको सामाजिक कार्यमा सक्रिय भइ लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
साथै उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक श्री सरोज भण्डारीले बिमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा जोखिमकै हिसाबले बिमा अतिनै आवश्यक रहेको र भबिस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थित जनताहरुलाई बिमा गराउन पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
साथै उक्त कार्यक्रममा कम्पनीका बिजनेस मेनेजर कमला कटुवाल, भगवती न्यौपाने, यसोदा पौडेल, सिता खतिवडा लगाएत सम्पूर्ण स्थानीय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम बिराटनगर शाखाका अपरेशन इन्चार्ज सरस्वती थापाले संचालन गर्नु भएको थियो।






