गत मङ्सिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसङ्ख्या वृद्धि भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
१२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसङ्ख्या वृद्धि भएको हो ।
राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।






