अनेरास्ववियु(कान्तीकारी), रा.प्र.वि.सं., अनेरास्ववियुद्वारा संयुक्त रूपमा विद्यार्थीहरुको हक अधिकारको निम्ती गरिएको आन्दोलनका कार्यक्रमहरु स्थगित भएको छ।
संयुक्त विद्यार्थी संगठन र क्याम्पस समिति बिच भएको व्यापक छ्लफलमा विद्यार्थी संगठनका तर्फबाट राखेका मागहरुका बारेमा निम्नअनुसारको सहमति भएको छ:
१) इमानदार ,जेहेन्दार तथा गरिब विद्यार्थीहरुले पाउने छात्रवृत्तिको सूचना प्रकाशित गरेको २ महिना भित्रमा क्याम्पस विधान अनुसार वितरण गर्ने।कक्षा १२ को नि:शुल्क्ताको लागि सिफारिस भएको नामावली ७ दिन भित्रमा प्रकाशन गर्ने।
२)आदिवासी जनजाती छात्रवृत्ति कोषबाट चालू आ.व.मा वितरण गरिने छात्रवृत्तिको फारम तत्काल खुलाइ वितरण गर्ने।
३)मासिक समस्यामा रहने छात्राहरुको अध्ययानलाई सहज बनाउनका लागि बनाइएको CHANGING ROOM लाई संचालनमा ल्याइ सकेको हुदा त्यसलाई आवश्यकता र औचित्यका आधारमा थप व्यवस्थित गर्दै जाने साथै प्राथमिक उपचार कक्ष को व्यवस्थापन गरि संचालन गर्न पहल गर्न्र।
४)क्याम्पस आवतजावत गर्ने विद्यार्थीहरुले भोग्नुपरेको समस्यालाई दृष्टिगत गरि स्थानीय यातायात व्यवसायी सँग सहकार्य गरी क्याम्पसमा अद्य्यानरत विद्यार्थीहरुलाई यातायात को सुविधा व्यवस्था गर्न पहल गर्ने । अन्य यातायातको व्यवस्था नभए सम्मका लागि हाल क्याम्पसमा रहेको बस लाई BBA BCA BSW BSC का विद्यार्थीहरुको Field work लगायतमा जान आउनका लागि व्यवस्था मिलाउने।
५)क्याम्पसमा रहेको विद्यार्थी कल्याण कोसको रकम क्याम्पसको आर्थिक अवस्थालाई मद्य्यनजर राख्दै क्रमश रकम जम्मा गर्दै कोषको रकम पूरा गर्ने ।
६)क्याम्पस भर्ना अघि लिने प्रवेश परिक्षामा सर्वउत्कृष्ट अंक ल्याउने हरेक संकायबाट १ जना विद्यार्थीलाई छात्रवृत्ति दिन क्याम्पस संचालक समितिमा पहल गर्ने।
७)क्याम्पसको वाषिर्क कार्यक्रम अन्तर्गतको खेलकुद सप्ताहा कोरोना भाइरसका कारणले रोकिएको हुँदा कोरोना भाइरस कम हुँदै सहज वातावरण भएको खण्डमा यसै वर्ष बाट संचालन गर्ने।
८)विगतमा स्व.वि.यु. संग सहमति भइ कार्यनयन नभएका तपशिलका बुदाहरु कार्यनयन गर्ने।
८.१ आन्तरिक मुल्यांकन परिक्षालाई थप व्यवस्थित गर्ने।
८.२ पठनपाठन नियमित गर्न समय समयमा कोर्ष अडित गर्ने।
८.३ पुस्तकालयलाई थप व्यवस्थित गर्ने
८.४ E-पुस्तकालयलाई थप व्यवस्थित गर्ने।
८.५ आवश्यकता अनुसार कम्जोर विद्यार्थीहरुलाइ लक्ष्यित गरि अतिरिक्त कक्षाहरु संचालन गर्ने ।
८.६ क्याम्पसको दुवै शिफ्टमा विद्यार्थीहरुले पाउने सेवा सुविधा निर्वाध रुपमा पाउने व्यवस्था मिलाउने ।
८.७ स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विद्यार्थीहरुलाई कम्तिमा वर्षमा १ पटक बैकीङग् तालिमको व्यवस्था गर्ने।साथै परियोजना प्रतिवेदन ,रिपोर्ट लेखन को तालिम दक्ष व्यक्ति मार्फत संचालन गर्ने।
८.८ BBA BCA मा अध्यनरत विद्यार्थीहरु मध्ये वाषिर्क परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी लाई छात्रवृत्ति दिनका लागि संचालक समिति मा पहल गर्ने र साथ साथै हाम्रो यो बैठक सकिनु लगत्तै महिला मैत्री सौचालयलाई बेवस्थित गरि संचालन गरेको र थप बेवस्थित गर्न बकि।
उल्लेखित सहमतिहरु कार्यनयन नभएको खण्डमा पुनः संघर्ष पुर्ण आन्दोलनहरु घोषणा गरिने रा.प्र.वि.संका अध्यक्ष सोविम न्यौपानेले जानकारी दिए ।






