jQuery(document).ready(function($){ //
});

भक्तपुरमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । शनिबार २:२० बजे सूर्यविनायक नगरपालिका–९ को नलिञ्चोक बाँघघारीमा बसको ठक्करबाट बा७०प ९१३८ नम्बरको मोटरसाइकलमा सवार महिलाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बसमा सवार गंगा बस्नेत रहेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका–२ कि उनी नलिञ्चोकमै बस्दै आएकी थिइन् । 

RAWA Hills Town Property

RAWA Hills Town Property

उनलाई बा५ख ३०२० नम्बरको बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको बसले ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतको भक्तपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले बसका चालक काभ्रेको बनेपा नगरपालिका–९ का ४१ वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय