jQuery(document).ready(function($){ //
});

एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ ।

आज आइतबार अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न र समयमै निष्पक्ष निर्वाचनको माग गर्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अनेरास्ववियुले माघ १७ गते देशभरिका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गराउने तथा देशैभरि अधिकतम २५ जना सम्म जम्मा भएर तत्काल निर्वाचन गर्नको निमित्त क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने, १८ गते सम्म स्थानीय निर्वाचन घोषणा नगरे प्रतिकात्मक रूपमा प्रतिगामी सरकारका मन्त्रीहरू सहभागी कार्यक्रममा कालोझण्डा देखाउने र माघ १९ गते सघीय राजधानी (काठमाडौं) र प्रदेश राजधानीहरूमा कानूनविदहरुको उपस्थितिमा सडक बहस गर्ने चेतावनी दिएको हो ।

विज्ञप्तिमा वर्तमान परमादेशी सरकारले अप्राकृतिक सत्ता गठबन्धन गरेर देशलाई अँध्यारो तर्फ डोयाउन उद्यत रहेको उल्लेख  छ । स्थानीय सरकारहरूलाई जन निर्वाचित प्रतिनिधि रहित बनाउने अभिप्रायको साथ स्थानीय तहको निर्वाचनलाई संवैधानिक व्यवस्थाको बर्खिलाप हुने गरी टार्ने प्रपञ्च गरेको आरोप लगाएको छ । पटक-पटक स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न गरिरहेको आग्रहलाई लत्याएको भन्दै लाखौँ विधाथीहरुलाइ विधिको शासन र कानूनको सर्वोच्चता स्थापित गराउने लडाइँमा पुनः एक पटक सडकमा उतार्न बाध्य भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय