jQuery(document).ready(function($){ //
});

युगद्रष्टा गुरु डा• निर्मलमणि अधिकारीज्यू एवम् गुरुआमा उर्मिला खनाल अधिकारीज्यूको सङ्कल्प बमोजिम नेपाललाई विश्वको केन्द्र बनाउने लक्ष्यसहित २०७२ साल वसन्त पञ्चमीको दिन स्थापित जरोकिलो महाअभियानको छैटौं स्थापना दिवस सत्सङ्ग १ नं प्रदेशमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

जरोकिलो महाअभियानको विशिष्टीकृत संस्था मौलिक जरोकिलो पार्टी प्रदेश १ अध्यक्ष इन्द्र प्रसाद ओलीको सभापतित्वमा मिति २०७८ साल माघ २३ गते वसन्त पञ्चमीको दिन स्थापना दिवस सत्सङ्ग प्रदेश १ कार्यालय बिर्तामोड , झापामा सम्पन्न भएको हो ।

उक्त सत्सङ्गमा मौलिक जरोकिलो पार्टी केन्द्रीय सचिव अनिल कुमार चौधरी, केन्द्रीय सदस्य रोमादेवी निरौला, केन्द्रीय सङ्गठन बिभाग सदस्य हिरा बाँस्तोला, अनेयुसङ्घ केन्द्रीय सदस्य शुभद्रा गेलाल, प्रदेश महासचिव अर्जुन कुमार भट्टराई, प्रदेश सदस्य उमाकान्त सिटौला र मदन पनेरू, युगनिर्माण महिला समाज नेपाल प्रदेश १ सचिव खेमकुमारी ओली, झापा जिल्ला सचिव दिपेन्द्र घिमिरे, बुद्धशान्ति गाउँपालिका अध्यक्ष विद्या खरेल, स्वकृयात्मक सदस्य देवीभक्त आचार्य, जरोकिलो शुभचिन्तक पुष्प बस्नेत लगायतका जरोकिलो अभियानकर्ताहरूको उपस्थिति रहेको थियो ।

१ नं प्रदेश अन्तर्गत सुनसरी, मोरङ्ग , इलाम लगायत विभिन्न जिल्लाका प्रमुख स्थानहरूमा स्थापना दिवस सत्सङ्ग सम्पन्न भएको छ । आजको सत्सङ्गको समाप्ति पश्चात झापाको बिर्तामोडमा पर्चा, पम्प्लेट वितरण कार्यक्रम पनि गरिएको थियो ।

स्थापना दिवस सत्सङ्ग सम्पन्न गर्न आ-आफ्नो क्षेत्रबाट योगदान पुर्याउनु हुने सम्पूर्ण सहृदयीजनहरूलाई जरो किलो महाअभियानको विशिष्टीकृत संस्था मौलिक जरोकिलो पार्टीका १ नं प्रदेश सचिव राजकुमार दाहालले दमक अनलाइनलाई जानकारी गराउदै हार्दिक धन्यवाद समेत ज्ञापन गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय