jQuery(document).ready(function($){ //
});


मिति २०७८/१०/२५ गते अं. १७:०० बजे बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी बृत्त बालाजु काठमाण्डौबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १६ बाइपास स्थित ओरालो बाटोमा चेकजाँच गर्दा श्रोत नखुलेको रकम जम्मा रु. ६९,९९,०००।–(अक्षरेपी उनन्सत्तरी लाख उनान्सय हजार) फेला पारेको र सोधपुछ गर्दा निजले श्रोत खुलाउन नसकेकोले बरामदी मुचुल्का समेत गरी जिल्ला नुवाकोट ककनी गाऊँ पालिका वडा नं.३ चाउथे घर भएको बर्ष २९ को नवराज ढुङ्गानालाई नगदसहित नियन्त्रणमा लिई महानगरीय प्रहरी बृत्त बालाजुबाट थप अनुसन्धान तथा कारबाहीको लागि निजलाई बरामद हुन आएको श्रोत नखुलेको रकम जम्मा रु. ६९,९९,०००।–(अक्षरेपी उनन्सत्तरी लाख उनान्सय हजार), कालो रंगको हाते झोला र साइड व्यागसहित श्री राजश्व अनुसन्धान बिभाग, हरिहरभवन पुल्चोक ललितपुरमा पठाइएको ।
साथै उक्त रकम आपराधिक कार्यबाट आर्जित भएको हुन सक्ने भएकोले श्री सम्पत्ति सुद्धिकरण बिभाग, पुल्चोकलाई समेत जानकारी गराई आवश्यक अनुसन्धानको लागि अनुरोध गरिएको ।
बरामद रकम (दशी):-
१) नेपाली रु.१०००।- दरको ५,७३४ नोटको हुन आउने जम्मा रकम रु.५७,३४,०००।- (अक्षरेपी सन्ताउन्न लाख चौतीस हजार मात्र) ।
२) नेपाली रु.५००।- दरको २,५३० नोटको हुन आउने जम्मा रकम रु.१२,६५,०००।- (अक्षरेपी बाह्र लाख पैसठ्ठी हजार मात्र) ।
३) Feibang Laptop Back Pack लेखिएको कालो रंगको हाते झोला थान-१ ।
४) Tough लेखिएको कालो रङको साइड व्याग थान-१ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय