jQuery(document).ready(function($){ //
});

मधेश प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने भएको छ।

आइतबार २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा दिन लागिएको मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

शुक्रबार मन्त्रालयले सूचना जारी गरी फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश भर सार्वजनि विदा दिइएको जनाएको छ । सूचनामा मन्त्री भरतप्रसाद शाहको हस्ताक्षर रहेको छ । 

२०५२ फागुन १ गतेदेखि माओवादीले नेपालमा सशस्त्र युद्ध थालेको थियो जसलाई उसले ‘जनयुद्ध’ भन्ने गरेको छ । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रुपमा मनाउने गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय