झापा । झापाको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । झापा मेचीनगर–१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आगलागी भएको हाे । बिहान ५ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । आगलागी भइरहेका कारण क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
झापाका अधिकांश पालिका तथा मोरङका कानेपोखरी, उर्लाबारी, बेलबारीका दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । इलामबाट पनि दमकल आइरहेको प्रहरीले बताएको छ । सीमा पारी भारतबाट पनि दमकल बोलाउँन समन्वय भइरहेको प्रहरीले जनाएको छ ।






