jQuery(document).ready(function($){ //
});

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा शनिवार साँझ भएको आगलागीमा एउटा घर र पाँच वटा पसल जलेर नष्ट भएका छन् । 

आगलागीमा यासोक बजारका झरेन्द्र खतिवडाको घर जलेर खरानी भएको छ । आगलागीमा अन्यका चार वटा पसलहरू जलेका छन् । 

RAWA Hills Town Property

RAWA Hills Town Property

कच्ची घरबाट सुरु भएको आगलागी उक्त घरसँगै अन्य पक्की घरहरू रहेका कारण अन्यत्र फैलन नपाएको स्थानीयवासीले जनाएका छन् ।

फिदिम नगरपालिकाको वारुण यन्त्रको सहायतामा स्थानीयवासीले बेलुकी ९:०० बजे आगो नियन्त्रणमा लिएका थिए । 

आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय