jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे ।। बिराटनगर ।।
फागुण १ गते।।आइतबार।।
मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालले ने.क.पा. एमालेका महासचिव एवं पूर्व अर्थ मन्त्री माननीय विष्णु पौडेलसँग भेटघाट गर्नु भई विराटनगर नाका जोड्ने भारतको बथनाहा–जोगबनी खण्डमा अवस्थित मीरगञ्ज पुलको विकल्पमा संघको पहलमा निर्मित नयाँ पुलको अस्थायी संचालनका लागि भारतका सम्बन्धित निकायहरुमा पहल गरिदिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाउनु भएको छ ।

संघका अध्यक्ष श्री नवीन रिजालले पूर्व अर्थ मन्त्री माननीय विष्णु पौडेल सहित प्रदेश नं. १का पूर्व सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरे समक्ष क्षतिग्रस्त मीरगञ्ज पुलले अवरुद्ध हुन पुगेको विराटनगर नाका र त्यसको विकल्पमा प्रयोग गरिएको भीमनगर–भन्टाबारी नाकाका कारण मोरङ–सुनसरी आर्थिक कोरिडोरका औद्योगिक/व्यवसायिक प्रतिष्ठानहरुलाई पर्न गएको नकारात्मक प्रभावहरु अवगत गराई त्यसको शिघ्र समाधानार्थ हाल नयाँ पुललाई अस्थायी रुपमै भएपनि संचालनमा ल्याउन सकिने देखिएको बताउँदै सो का लागि भारतका सम्बन्धित निकायमा जोडदार पहल गरिदिन अनुरोध गर्नु भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अध्यक्ष रिजालको अनुरोध लगत्तै पूर्व अर्थ मन्त्री विष्णु पौडेलले नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्नु भई अध्यक्षले जनाउनु भएको तत्कालिक समाधानका उपाय बारे महामहिम राजदूतसँग छलफल गर्नु भएको थियो । प्रतिउत्तरमा महामहिम राजदूतले सो अवस्था बारे आफू पनि जानकार रहेको र समस्या निराकरणका लागि आफू सकारात्मक रहेको बताउँदै सो समाधानका लागि दर्शाइएका तत्कालिक कदमहरु शिघ्रताका साथ अघि बढाइने आश्वासन दिनु भएको छ ।

त्यसका साथै अध्यक्ष रिजालले पूर्व परराष्ट्र मन्त्री माननीय प्रदिप कुमार ज्ञवालीसँग समेत भेटघाट गरी उद्योगी/व्यवसायीहरुको विद्यमान समस्याहरु बारे अवगत गराउनु भएको थियो । उपरोक्त भेटघाटहरुका क्रममा संघका अध्यक्ष नवीन रिजाल सहित पूर्व अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी र का.का. सदस्य सुशिल सुराना को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय