मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।
काठमाडाैं उपत्यकामा बन्दकाे प्रभाव परेकाे छैन । स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेकाे छ । लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् । गृह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेकाे छ ।
‘नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानून विपरीतका उल्लेखित गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ’ गृहमन्त्रालयले भनेको छ ।

त्यस्तै पुर्व येता हेर्ने हो भने बिराटनगर, इटहरी, धरान, उर्लाबारी तिर पनि खासै बन्दको प्रभाव परेको देखिदैन ।
अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा बन्द गर्दै हिड्नेलाई मेचीनगरको कालिखोला र कनकाईको दुर्गापुर क्षेत्रबाट पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी भने तोडफोड भएको छ ।
बुधवार बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सो गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन् ।

दमकमा भने खासै प्रभाव परेको देखिदैन आन्सिक स्कुलहरु बन्द छन् , बाटोमा बसहरु केहि मात्रामा चलेका छ्न्न भने चोक चोकमा प्रशासनले शान्ति कायम गर्नको लागी प्रहरी परिचालन गरेको देख्न सकिन्छ ।






