।।भोजराज घिमिरे।।मोरङ्ग।।
२०७८/११/१२ गते बिहिबारका दिन समय बिहान ११:०० बजे सन्सारिमाइ मन्दिरमा एकजुट भएर एम सि सि खारेजिको बिसाल बिरोध कार्यक्रमको शुभारम्भ गरेको थियो।
राप्रपाको बर्गिय संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मोरङले राष्ट्रघातिको रुपमा रहेको एमसिसिको खारेजीको माग गर्दै विराटनगर बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगर अगाडि धर्ना दिई कोणसभामा परिणत भएको थियो ।
कोण सभामा राप्रपा मोरङ जिल्ला अध्यक्ष माधबप्रसाद आचार्य ,राप्रपा केन्द्रीय सहायक प्रवक्ता दिनेश साह समेतले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले एमसिसिको विरुद्धमा सडक आन्दोलन गरिरहेको अवस्थामा पनि वर्तमान गठबन्धन सरकारले कुनै वास्ता नगरि जबरण एमसिसि पास गराउन उद्दत हुनुपर्ने कारण के हो र नेपाली जनताले बुझिसकेका छन् भन्ने कुरा वक्ताहरुले बोलेका थिए ।






