jQuery(document).ready(function($){ //
});

।। २०७८/११/१३ गते।। दमक।।

क्लब हिमालयन टाइगरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।
विगत लामो समय यता समाजिक कार्यमा अग्रसर संस्था क्लब हिमालयन टाइगरले दमक- ८ स्थित सुभोद होटेल एण्ड लजमा सभाको आयोजना गरि सर्वसम्मतिको हिसावले नयाँ नेतृत्व चयन गरेको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

क्लब हिमालयन टाइगर केन्द्रिय समितिका लागि चयन भएका नयाँ नेतृत्वको सुची निम्न प्रकार छ :
:- अध्यक्ष: रेवत चन्द्र भण्डारी
:- वरिष्ट उपाध्यक्ष: जय विमली
:- उपाध्यक्ष: भेष कुमार भारती
:- महिला उपाध्यक्ष: सरिता न्यौपाने
:- महासचिव: तेज कुमार श्रेष्ठ
:- सचिव: कुमार बाबु गजुरेल
:- महिला सचिव: जानुका पौडेल सुवेदी
:- कोषाध्यक्ष: रमेश दाहाल
:- सह कोषाध्यक्ष: हिमाल गुरुङ्ग
:- सदस्य: विजय श्रेष्ठ
:- सदस्य: भरत राज दाहाल
:- सदस्य: देबेद्र संग्रौला
:- सदस्य: सागर कार्की
:- सदस्य: कृष्ण सुवेदी
:- सदस्य: सरोज बास्कोटा
:- सदस्य: लोकनाथ तामाङ्ग
:- सदस्य: योगमाया बुढाथोकी

निर्वाचन समितिका तेज प्रसाद पाण्डे र गंगा सेडाईले चुनावी प्रक्रियालाई सहजीकरण गर्नु भएको थियो भने निर्वाचन समिति संयोजक तिर्थ राज राइले चुनिएका नयाँ नेतृत्वलाइ सपथ ग्रहण गराउनु भएको थियो।

आयोजित सभालाइ सम्बोधन गर्दै अध्यक्ष भण्डारीले अझ प्रखरताका साथ सामाजिक कार्यमा लाग्ने साथै विभिन्न स्थानमा शाखा समेत विस्तार गर्ने बताउनु भयो भने वरिष्ट उपाध्यक्ष विमलीले अहिलेको परिस्थिति र कोभिड महामारीद्वारा खड्किएको रगत अभावलाइ पूर्ति गर्नका लागि फ्रेश टाइगर्स डोनरहरु अझ द्रिणताका साथ लागि पर्ने बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय