jQuery(document).ready(function($){ //
});

कागज अभावमा श्रीलङ्काले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको छ । 

रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित परीक्षाहरू रद्द गरेको अधिकारीहरूले जनाएका छन् । 

RAWA Hills Town Property

RAWA Hills Town Property

सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेस्ट) कागज अभावले अनिश्चितकालका लागि स्थगित गरिएको उनीहरूले बताएका छन् । श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिकै ठुलो आर्थिक सङ्कट सामना गरिरहेको छ । 

“प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न नसक्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन सक्दैनन्”, पश्चिम प्रान्तको शिक्षा विभागले भन्यो । 

यस कदमले प्रभावकारी रूपमा देशका ४५ लाख विद्यार्थीहरूमध्ये दुई तिहाइ विद्यार्थीको परीक्षाहरू प्रभावित भएका छन् ।टर्म टेस्ट वर्षको अन्त्यमा विद्यार्थीहरूलाई अर्को कक्षामा पास हुन्छ वा हुँदैन भनेर निर्णय गर्ने मूल्याङ्कन  प्रक्रियाको अंश हो । 

अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले ल्याएको कमजोर आर्थिक सङ्कटका कारण देशमा खाद्यान्न, इन्धन र औषधिको अभाव देखिएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय