औद्योगिक क्षेत्रमा केही दिन देखि भएको अघोषित लोडसेडिङ प्रति उद्योगि व्यवसायीहरु तीवटा संगठनले आपत्ति जनाएका छन् ।
उद्योगि व्यवसायीहरुसं संगठन उद्योग संगठन मोरंग, मोरंग व्यपार संघ र नेपाल उद्योग परि संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी अघोषित लोडसेडिङ गर्ने निकाय विद्यत प्रधिकरण र नेपाल सरकार प्रति आपत्ति जनाएको हो ।गत २ वर्ष देखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केही महिना यता भोग्नु परेको वित्तीय संकट तथा वढदो व्याजदरले मरणासन्न पु¥याएको अवस्थामा १२ घण्टा सम्म गरिएको लोडसेडिङले उद्योग कलकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको छ भन्दै तत्काल विद्युत आपूर्ति सुचारु गर्न आग्रह गर्दै त्यसै नगरे उद्योगमा ताला लगाएर सरकारलाई चावि बुझाउनुको विकल्प नरहेको नेपाल परि संघ प्रदेश नं. १ अध्यक्ष भीम घिमिरेको भनाई थियो ।
त्यसैगरी उद्योग संगठन मोरंगका अध्यक्ष सुयश प्याकेरेल भने गएको हप्तामात्रै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले जुनसुकै मूल्यमा भए पनि उद्योग व्यवसाय क्षेत्रलाई विद्युत उपलब्ध गराउने, लोडसेडिङ नगर्ने भनिदिएको आवश्वासन दिनु भएको थियो ।
मोरंग व्यपार संघका अध्यक्ष नविन रिजालले भने सरकारले विद्युत खपत बढाउन उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि करौडौंको लगानी बृद्धि गरेका उद्योगहरुलाई लोडसेडिङको मारमा पार्दा अर्थतन्त्रमा समस्या हुन, इन्धनको मूल्य बृद्धि भएको स्थितिमा उद्योगमा बिद्युत आपूर्ति अनियमित भए त्यसले उपभोक्तासम्मलाई असर गर्ने वताए ।
प्रतिवद्धता जनाएपनिदुई दिन मै फेरी १२ घण्टा विद्युत कटौतिगर्ने कार्यले भनाई र गराईमा फरक गरेकोम ाजिम्मेवार पदाधिकारीको विश्वनियतामा प्रश्न चिन्ह खडा भएको भनाई थियो ।
वर्तमान चूनौति पूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धीत निकायले जिम्मेवारी एवं जवाफ देहिता बहन गर्दै विद्युत आपूर्ति अवरुद्ध भई उद्योग व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रिले व्यहोर्नुपर्ने क्षतिलाई मध्यनजर गर्दै हाल देखिएको उर्जा संकटलाई अविलम्व समाधान गरी उद्योगहरुमा निरन्तर विद्युत आपूर्तिको व्यवस्था मिलाउन तीनवटै संगठन जोडदार माग गरेको छ । त्यसो नगरीए त्यसको परिणाम स्वरुप उद्योगहरु वन्द गर्नु पर्ने हुन्छ उद्योग भन्दा भए लाखौ मज्दुर वेरोजगारीको मारमा पर्छ त्यसको सामना स्वयम सरकारले नै गर्नु पर्ने धारण व्यक्त गरेका थिए।
भारतबाट विद्युत आपूर्ति सहज नभएपछि औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु भएको छ ।
व्यवसायीका अनुसार एक सातादेखि सुनसरी–मोरङ औद्योगिक करिडोरमा अघोषित रूपमा लोडसेडिङ भएको हो ।
भारतबाट विद्युत खरिद गर्न नपाएको कारण देखाउँदै नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म अघोषित रूपमा विद्युत कटौती गरेको उद्योगीहरुले बताएका छन् । प्राधिकरणले दैनिक १२ घण्टासम्म अघोषित रूपमा विद्युत कटौती गरे पछि सुनसरी– मोरङ औद्योगिक क्षेत्रको उत्पादनमा ६० प्रतिशत कमी आएको उद्योगिहरुले बताएका छन्।






