jQuery(document).ready(function($){ //
});

कुमोद अधिकारी विराटनगर
चैत १८ शुक्रवार
संचारतथा सुचना प्रविधिमंत्री ज्ञानेन्द्रवहादुर कार्कीले संचारग्रामको संचालनले यसक्षेत्रका कला सस्कृति साहित्यतथा आम सचारको विकासमा मद््त पुग्ने वताउनु भएको छ ।
विराटनगर –४ स्थित खार्जीमा रेडियो नेपाल र विराटनगर महानगरपालिकाको सहयोगमा निमार्ण भएको ताराणीप्रसाद कोइराल स्मृति संचारग्राम भवनको आज सांझ उद्घाटन गर्नुहुदै उहाले नेपाल सरकार सातवटै प्रदेसमा संचारग्राम निमार्ण गर्ने लक्ष्य अनुसार प्रदेस १ मा निमार्ण भएको ताराणीप्रसाद कोइराला स्मृति संचारग्राम देशकै नमुना भएको वताउनुभयो ।
उहाले ताराणी प्रसाद कोइरालाले नेपालको प्रजातान्त्रीका आन्दोलनमा पु¥याएको योगदानलाई कसैले विर्सन नहुने भन्दै उहाको सम्झनामा वनेको संचारग्राम संचालनका लागी प्रदेस सरकार र विराटनगर महानगरपालिकालाई सहयोगगन आग्रह गर्नुभयो । संचारग्राको संरक्षण संरक्षण्मा जोड दिदै यसरलाई दिगो वनाउन सवैको सहयोग अपरिहार्य रहेको उहाको भनाई थियो । संचारग्रामलाई वौदिक वहसका विषय स्थलको रुपमा विकास गर्नुपर्ने उहाले वताउनुभयो ।
प्रदेस न १ का मुख्य मंत्री राजेन्द्र कुमार राईले संचारग्रामको विकास र सचालनकालागी प्रदेस सरकारको निरन्तर सहयोग रहने वताउनुभयो । ताराणीप्रसाद कोइराले देखाएको वाटोमा सवैले सकल्पित भएर हिडनुपने वताउदै संचारग्राम संचालनमा लागी प्रदेस सरकारको निरन्तर सहयोग रहने वताउनुभयो । उहाले लोकतन्त्रलाई वलियो वनाउन सवैदल मिलेर जानु आवश्यक रहेको वताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले कला सस्कृती विकासकालागी पुर्वको गहनाको रुपमा रहेको संचारग्रामको विकाकासका लागी महानगर प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । उहाले महानगरपालिका र रेडियो नेपालकाको परिकल्पनामा निमार्ण भएको संचारग्राम लाई दिगो र प्रभावकारी वनाउन सवैको सहयोग आवश्यक रहेको वताउनुभयो । उहाले संचारग्रामवाट विधिवत रुपमा प्रारम्भ भएको महानगर एफएमले आम जनतालाई सुसुचित गर्दै आम संचारको विकासमा सहयोग पुग्ने वताउनुभयो ।
संचारतथा सुचना प्रविधि मंत्रालयका सचिव डा वैकुन्ठ अर्यालले संचारग्राम संचालन एंव स्थापनमा केहि ढिलाइ भएपनि भोलीका दिनमा संचारग्रामका थप विस्तामा सरकारले सहयोग गर्ने वताउनुभयो । उहाले संचारग्राको भवन र एफएम सुभारम्भ भएकोमा खुशि व्यक्त गर्नुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक वुद्धिवहादुर केसीले संचारग्रामको उदेश्य माथी प्रकासपार्दै संचारग्रामले पुर्वको कला सस्कृती साहित्य तथा आम संचारको विकासमा मद्त पु–याउने वताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा मिनेन्द्र रिजालले संचारग्राम निमार्ण गर्ने आफनो सपना आज पुरा भएको भन्नुहुदै यसको संरषणमा सरकारका ध्यान जानुपर्ने वताउनुभयो । उहाले यस्ता ऐतिहासिक महत्वका विषयम निमार्ण गरेर रेडियो नेपाल र महानगरपालिकाले उदारणिय काम गरेको वताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य अमृत अर्याल, डा डिला संग्रौला राष्ट्रसभा सदस्य रमेसजंग रायमाझी, प्रदेस न १ नेपाली कांग्रस सभापती उद्धव थापा लगायतले संचारग्राम संचालन भएकोमा खुशी व्यक्त गर्नुभयो।
सो अवसरमा ताराणीप्रसाद कोइराला परिवारका सदस्य सान्ता घिमिेरले तारणीप्रसादको जिवनीमाथी प्रकास पार्नु भएको थियो ।
सो अवसरमा मंत्री कार्की र महानगरपालका मेयर पराजुलीले भवनको सयुक्त रुपमा उदघाटन गर्नु भएको थियो । संचारग्राम वाट महानगरिय एफएम समेत सुभारम्भ भएको सो अवसरमा जानकारी गराइएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय